वीवीप्याटमा याचिकासित कांग्रेसको सम्बन्ध छैन- जयराम रमेश
वीवीप्याटमा याचिकासित कांग्रेसको सम्बन्ध छैन- जयराम रमेश


नयाँ दिल्ली, 26 अप्रेल (हि.स.)। कांग्रेसले शुक्रवार वीवीप्याटमा सुप्रीम निर्णय़मा सीधा कुनै टिप्पणी गरेको छैन। पार्टीले याचिकासित उसको कुनै सम्बन्ध थियो, यसलाई पनि खारेज गरेको छ।

कांग्रेस महासचिव जयराम रमेशले भने, कांग्रेस यस याचिकाको हिस्सा थिएन। यद्यपि, वीवीप्याटको माध्यमले मतगणनामा हाम्रो राजनीतिक अभियान जारी रहनेछ। उनले सोशल मीडिया एक्समा भने, आज वीवीप्याटमा जुन याचिकालाई सुप्रीम कोर्टले खारेज गरेको छ, त्यसमा भारतीय राष्ट्रिय कांग्रेस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा एक पक्ष थिएन। हामीले दुई न्यायाधीशको पीठको फसेलामाथि ध्यान दिएका छौं। चुनावी प्रक्रियामा जनताको विश्वास बढ़ाउन वीवीप्याटको धेरैभन्दा धेरै उपयोगमाथि हाम्रो राजनीतिक अभियान जारी रहनेछ।

उल्लेख्य, सुप्रीम कोर्टले आज इलेक्ट्रोनिक भोटिङ मशीन (ईवीएम) द्वारा भोटहरूको गणनालाई सही ठहर गर्दै भोटर वेरिफिएबल पेपर अडिट ट्रेल (वीवीपीएटी) बाट सय प्रतिशत सत्यापनको माग गरिएको याचिका खारेज गऱ्यो। साथै सुप्रीम कोर्टले बेलेट पेपेरद्वारा मतदानतिर फर्किने याचिकाकर्ताहरूको प्रार्थनालाई पनि खारेज गऱ्यो। सुप्रीम कोर्टद्वारा यो पनि निर्देश दिइएको छ कि उम्मेदवारहरूसित परिणामहरूको घोषणापछि इन्जीनियरहरूको एक टीमद्वारा जाँच गरिने ईवीएमको माइक्रोकन्ट्रोलर प्रोग्रामलाई प्राप्त गर्ने विकल्प हुनेछ तर यसको निम्ति उम्मेदवारले सात दिनभित्र अनुरोध गर्नपर्नेछ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande