कांग्रेसको मेनिफेस्टोमा मुस्लिम लीगको छाप छ- पीएम
कांग्रेसको मेनिफेस्टोमा मुस्लिम लीगको छाप छ- पीएम


अररिया, 26 अप्रेल (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले अररिया जिल्लाको फारबिसगंजमा शुक्रवार जनसभालाई सम्बोधित गर्दै कांग्रेसले शुरूदेखि नै मुस्लिम तृष्टिकरण अन्तर्गत काम गरेको छ, उसको मेनिफेस्टोमा मुस्लिम लीगको छाप छ भनेका छऩ्।

पीएमले भने, पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहले देशका संसाधानमाथि पहिलो अधिकार मुसलमानहरूको छ भनेका थिए। जसको भीडियो अहिलेपनि छ। जबकि एनडीएले भन्छ, देशको संसाधन र सम्पत्तिमाथि पहिलो अधिकार गरीबको छ। गरीब मजदूरहरू, किसानहरू, छात्र, युवा र आमा बहिनीहरूको छ। कांग्रेस सम्पत्ति, जमीन, यहाँसम्मकि घरमा राखिएको गहना र त्योपनि विवाहित आमा बहिनीहरूको मंगलसूत्रसम्म खोस्ने अभियानमा छ। कांग्रेस पार्टी परिवारको मुखिया सदस्य बितेपछि आफ्नो सम्पत्ति छोरा-छोरीहरूलाई दिन पाउनेछैनन्। कांग्रेसले त्यस्तो सम्पत्तिमाथि 55 प्रतिशत ट्याक्स लगाउनेछ।

उनले भीड़लाई सम्बोधित गर्दै भने, देशको आशीर्वाद पाइयो भने तेस्रो कार्यकालमा ऋण तिर्न अझ् अधिक परिश्रम गर्नेछु। तेस्रो कार्यकालमा देशहितमा अझ् धेरै ठूलो फसेला लिनेछु। उनले गर्मी र विपरीत परिस्थितिमा पनि मतदाताहरू खासगरी युवा मतदाताहरूसित धेरैभऩ्दा धेरै संख्यामा मतदान केन्द्रमा पुगेर एनडीए उम्मेदवारको पक्षमा मतदान गर्ने अपील गरे।

उनले भने, 2024 को यो चुनाउ भारतलाई आर्थिक र सामरिक दृष्टिले बलियो बनाउने चुनाउ हो। जसमा बिहारको महत्वपूर्ण भूमिका छ। इन्डी गठबन्धऩलाई न त देशको संविधानको खयाल छ न त लोकतन्त्रकै। वर्षौंसम्म बेलेट पेपेरको बहाना गरेर गरीबहरूको मतदानको अधिकारको खोस्ने काम गरिन्थ्यो। कांग्रेसको शासनकालमा बूथ लूटिन्थ्यो र बेलेट पेपर लूटिन्थ्यो। गरीबहरूलाई मतदान गर्न दिइन्थेन। फलस्वरूप बाहुबलीहरूको डरले गरीबहरू आफ्नो घरमै लुकेर बस्थे।

उनले भऩे, कांग्रेसले ईवीएमलाई लिएर देशको जनताको मनमा पनि भ्रम खड़ा गर्ने प्रयास गऱ्यो। तर आज सुप्रीम कोर्टले मतपेटी लूट्नेहरूलाई गहिरो झटका दिएको छ। सबै सपना भाँचिएको छ। कोर्टले स्पष्ट गऱ्यो, बेलेट पेपरको पुरानो समय फर्किनेछैन। भारतको लोकतन्त्र र चुनावी प्रक्रियाको विश्वले प्रशंसा गरिरहेछ। तर दुर्भाग्यले निजी स्वार्थको निम्ति कांग्रेस र इन्डी गठबन्धनका नेताले बदनाम गर्ने प्रयास गरे। बिहारमा 50 हजार करोड़ रूपियाँभऩ्दा धेरै डायरेक्ट बेनिफिट ट्रान्सफर अन्तर्गत किसानहरू र अन्यलाई सीधा खातामा पैसा पठाइएको छ।

अऱरिया सुपौलका किसानहरूको खातामा 16 सय करोड़ रूपियाँ जमा भएको छ। जबकि केन्द्रद्वारा अररिया, सुपौलका गरीबहरूलाई 3 लाख पक्का घर दिइएको छ। उनले बहिनी-छोरीहरूको जीवनलाई सहज बनाउनु एडीएको प्राथमिकता बताए। जस अन्तर्गत नल जल, शौचालय, निःशुल्क बिजुली, निःशुल्क राशन योजना, आयुष्मान योजनाको स्वीकृति सामेल छ। उनले 70 वर्षका बुजुर्गको उपचारको खर्चा केन्द्र सरकारद्वारा गरिने कुरा पनि बताए।

हिन्दुस्थान समाचार/राहुल


 rajesh pande