मणिपुरमा कुकी उग्रवादीको हमलामा सीआरपीएफका दुई जवान शहीद
मणिपुरमा कुकी उग्रवादीको हमलामा सीआरपीएफका दुई जवान शहीद


इम्फाल, 27 अप्रेल (हि.स.)। मणिपुरको नारानसेना क्षेत्रमा अबेर राति 2:15 बजी कुकी उग्रवादीहरूको हमलामा केन्द्रिय रिजर्ब पुलिस बल (सीआरपीएफ) का दुई जवान शहीद भएका छन्। 128औं बटालियनका जवानहरू राज्यको बिष्णुपुर जिल्लाको नारानसेना क्षेत्रमा तैनात थिए। मणिपुर पुलिसले उक्त जानकारी दिएको छ।

मणिपुर पुलिसको एक्स ह्यान्डल अनुसार, सुरक्षा बलद्वारा पहाड़ र घाटी जिल्लाका सीमान्त र संवेदनशील क्षेत्रहरूमा खोजी अभियान जारी छ। एनएच 2 मा आवश्यक वस्तुहरूको साथमा 348 वाहनहरूको आवागमन सुनिश्चित गरिएको छ। सबै संवेदनशील स्थानहरूमा कडा सुरक्षा उपाय गरिएको छ। पहाड र घाटी दुवै जिल्लामा कुल 127 नाका र चेकपोइन्ट स्थापित गरिएका छन्। पुलिसले राज्यका विभिन्न जिल्लामा 139 मानिसहरूलाई हिरासतमा लिएको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande