गुजरातमा राहुल गान्धीलाई पाटण क्षत्रिय समाजका कार्यकर्ताहरूले देखाए कालो झण्डा
गुजरातमा राहुल गान्धीलाई पाटण क्षत्रिय समाजका कार्यकर्ताहरूले देखाए कालो झण्डा


पाटण, 29 अप्रेल (हि.स.)। कांग्रेस नेता राहुल गान्धीले पाटण लोकसभा सीटमा कांग्रेस उम्मेदवार चन्दनजी ठाकोरको समर्थनमा सोमवार स्थानीय प्रगति मैदानमा एक जनसभालाई सम्बोधित गरे। राजा-महाराजाहरूको सम्बन्धमा राहुलको एउटा टिप्पणीको विरोधमा पाटण क्षत्रिय समाजले उनलाई कालो झण्डा देखायो। पुलिसले विरोध गरिरहेका 12 जनालाई हिरासतमा लिएको छ।

पाटणको धरतीमा जनसभामा कांग्रेस नेता राहुल गान्धीले आफ्नो भाषणको शुरूआत जय अम्बाजी, जय बहुचराजी बोलेर गरे। उनले भने, देशमा 22 जना यस्ता छन्, जससित उति नै धन छ, जतिको 70 करोड़ हिन्दुस्तानीसित छ। यिनीहरूको नाम सबैलाई थाहा छ, गुजरातमै यो शुरू भएको थियो, त्यसमा अदाणी र अम्बानी छन्। राहुलले पूरा भाषणमा भाजापामाथि तीखो हमला गरे।

राहुल गान्धीले भने, केन्द्र सरकारले 22-25 जनाको 16 लाख करोड़ रूपियाँको ऋण क्षमा गऱ्यो। नरेन्द्र मोदीले किसानहरूको ऋण क्षमा गरेनन् तर यी 22-25 जनाको 16 लाख करोड़ रूपियाँको ऋण माफी गरे। आम जनलाई थाहा छैन कि 16 लाख करोड़ कति हुन्छ। यसैगरी 24 सालको मनरेगाको पैसा बराबर हुन्छ यो 25 लाख करोड़ रूपियाँ। हिन्दुस्तानका एक प्रतिशत मानिसले 40 प्रतिशत धन कन्ट्रोल गर्छन्, यो देशको वास्तविकता हो। हिन्दुस्तानमा सबैभन्दा ठूलो मुद्दा बेरोजगारी, महंगाई, भागीदारी र किसानहरूको स्थिति हो तर यो मुद्दा हरायो। यसको कारण हो, कोरपोरेट समेत अन्य सबै निजी क्षेत्रहरूमा गरीब, आदिवासी, पछौटे गायब छऩ्। राहुलले नोटबन्दी र जीएसटी आदिमा पनि प्रश्न चिह्न खड़ा गरे। उनले भने, यस देशमा युवाहरूको लागि रोजगार छैन, 45 सालमा सबैभन्दा अधिक बेरोजगारी आज हिन्दुस्तानमा छ। यस वर्गको 90 प्रतिशत जनसंख्या छ। देशमा 15 प्रतिशत दलित छन्, 50 प्रतिशत पछौटे वर्ग, 8 प्रतिशत आदिवासी, 5 प्रतिशत सामान्य वर्गका गरीब वर्गका मानिसहरू छन्। उनले ठूला कम्पनीहरू, निजी क्षेत्रमा पछौटे, दलित, आदिवासीहरूको उपेक्षाका आरोप लगाए।

राहुलले आरोप लगाए कि 90 जनाले केन्द्रको सरकार चलाउँछन्, जो आईएएस अफिसर हुन्। देशको कुन क्षेत्रमा कति पैसा जानेछ, यिनीहरूले तय गर्छन्। उनले भऩे, जीएसटीमा भेदभाव छ। गरीब र अमीर सबैबाट बराबर जीएसटी लिइँदैछ। राहुलले आफ्नो भाषणमा कांग्रेसको न्याय पत्रको चर्चा गरे। महालक्ष्मी योजना, अग्निपथ योजना, राम मन्दिर र जातिगत जनगणनामाथि पनि आफ्नो कुरा राखे। राजा-महाराजाहरूको सम्बन्धमा कांग्रेस नेता राहुल गान्धीको एउटा टिप्पणीको विरोधमा पाटण क्षत्रिय समाजमा आक्रोश देखियो। पाटण क्षत्रिय समाजका कार्यकर्ताहरूले टीबी तीन मार्गमा उनलाई कालो झण्डा देखाए। यस मामिलामा पुलिसले 12 जनालाई हिरासतमा लिएको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande