क्याबिनेट मन्त्री आतिशीले जेलमा अरविन्द केजरीवालसित गरिन् भेट
क्याबिनेट मन्त्री आतिशीले जेलमा अरविन्द केजरीवालसित गरिन् भेट


नयाँ दिल्ली, 29 अप्रेल (हि.स.)। दिल्ली सरकारमा क्याबिनेट मन्त्री आतिशीले सोमवार तिहाड़ जेलमा मुख्यमन्त्री अरविन्द केजरीवालसित भेट गरिन्। उक्त भेटपछि मन्त्री आतिशीले भनिन्, जेलमा पनि अरविन्द केजरीवाललाई आफ्नो नभएर दुई करोड़ दिल्लीवासीहरूको चिन्ता छ। यस अवधि मुख्यमन्त्रीले दिल्ली सरकारका स्कूलहरूमा अध्ययनरत् विद्यार्थीहरूको अध्ययन, टोल क्लिनीक आदिको बारेमा अपडेट लिए।

मन्त्रीले भनिन्, जेलबाट केजरीवालले उनलाई यो सुनिश्चित गर्ने निर्देश दिएका छन् कि यस गर्मीको मौसममा दिल्लीमा पानीको अभाव नहोस् तथा जनताले कुनै पनि समस्याको सामना गर्न नपरोस्। साथै अरविन्द केजरीवालले दिल्लीका महिलाहरूको निम्ति सन्देश पठाएका छन्, उनी जेलबाट चाँड़ै बाहिर आउनेछन् र दिल्लीका महिलाहरूलाई प्रतिमहिना एक हजार रुपियाँ प्रदान गर्ने वाचालाई अवश्य पूरा गर्नेछन्। जेलबाट केजरीवालले विधायकहरूलाई पनि निर्देश दिँदै भने, सबै विधायकहरूले आ-आफ्नो विधानसभा क्षेत्रको निरीक्षण गरून्, मानिसहरूसित भेट गरून् तथा उनीहरूको समस्या समाधान गरून्।

अर्कोतिर मंगलवार पंजाबका मुख्यमन्त्री भगवन्त मानले फेरि तिहाड़ जेलमा गएर अरविन्द केजरीवालसित भेट गर्नेछन्। यसपूर्व सौरभ भारद्वाडले पनि उनलाई तिहाड़ जेलमा भेटिसकेका छन्। बितेका केही दिनदेखिको जसरी लगातार पंजाबका मुख्यमन्त्री तथा दिल्लीका मन्त्रीहरूले अरविन्द केजरीवालसित भेट गरिरहेका छन् त्यसबाट स्पष्ट हुन्छ कि लोकसभा चुनाउलाई लिएर केजरीवालले जेलमै बसेर कुनै न कुनै रणनीति बनाइरहेका छन्।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande