जेसिका हलले 5:19.70 सेकेन्डका साथ 2000 मिटरको विश्व कीर्तिमान तोडिन्
jessica hull


मोनाको, 13 जुलाई (हि.स.)। अस्ट्रेलियाकी जेसिका हलले शुक्रवार राति मोनाकोमा हरक्यूलिस ईबीएस वान्डा डायमण्ड लीग मीटिङमा विश्व रेकर्ड बनाउॅंदै अहिलेसम्मकै सबैभन्दा छिटो 2000 मिटर धावक बनेकी छन्। 27 वर्षीय हलले मोनाकोमा 5:19.70 को समयमा आफ्नो दौड पूरा गरिन्। उनले इथियोपियाकी जेनजेबे डिबाबाले 2018 मा बनाएको 5:21.56 सेकेन्डको रेकर्ड तोडेकी छन्।

जित हासिल गरेपछि हलले भनिन्, 'यो अविश्वसनीय थियो। जब म अन्तिम ल्यापमा थिए, सबैले मेरो उत्साहवर्धन गरिरहेको थियो, मैले हप्ताभरि पेरिस रेसलाई आफ्नो खुट्टामा महसुस गरे। मेरो खुट्टा धेरै भारी भए पनि आज मेरो लक्ष्य केवल बलियो हुनु थियो। म भिन्नै गति र थकानको स्तरमा दौडिए, जुन मैले पहिला कहिले पनि गरेको थिइन।

उनले अझ भनिन्, 'निश्चिम रूपमा केही महिलाहरू 5:19 को समय लिएर दौडिन सक्छन्, तर अहिलेको निम्ति भने मेरो नाम इतिहासका पुस्तकहरूमा दर्ता छन्। मैले यो रेकर्डको निम्ति कड़ा परिश्रम गरेको छु।'

मेलिसा कोर्टनी ब्रायन्ट 5:26.08 को ब्रिटिश रेकर्डका साथ दोस्रो स्थानमा रहिन् भने एडिनाह जेबिटोकले 5:26.09 को केन्याई रेकर्ड बनाएर तेस्रो स्थान प्राप्त गरिन्। यूएसएकी कोरी एन मेक्गीले 5:28.78 को क्षेत्रीय रेकर्ड बनाएर चौथो स्थान प्राप्त गरिन्। हलले अब पॉंचौंपल्टकी ओशियन र एक विश्व रेकर्ड धारकको रूपमा पेरिस 2024 ओलम्पिक खेलहरूमा भाग लिनेछन्।

हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल गुरुङ


 rajesh pande