पेरिस प्यारालम्पिक: होकाटो होटोजे सेमाले पुरुषहरूको शटपुट एफ57 मा कांस्य जिते, भारतले जित्यो 27औं पदक
पुरुषहरूको शट पुट एफ57 फाइनलमा एक्सनमा होकाटो होटोजे सेमा


पेरिस, 07 सेप्टेम्बर (हि.स.)। होकाटो होटोजे सेमाले शुक्रवार अबेर राति (स्थानीय समयानुसार) स्टेड डी फ्रान्समा पेरिस 2024 प्यारालम्पिकमा पुरुषहरूको शटपुट एफ57 स्पर्धामा कांस्य पदक जिते।

40 वर्षीय एथलीटले आफ्नो चौथो प्रयासमा 14.65 को व्यक्तिगत सर्वश्रेष्ठ प्रदर्शन गर्दै भारतको निम्ति चलिरहेको प्यारालम्पिक खेलहरूमा 27औं पदक पक्का गरे। नागाल्याण्डका एथलीटले 14.40 को आफ्नो तेस्रो थ्रोका साथ स्ट्याण्डिङमा तेस्रो स्थान प्राप्त गरे अनि चौथो प्रयासमा अझ सुधार गरे।

दोस्रो भारतीय एथलीट सोमन राणा 14.07 को सर्वश्रेष्ठ प्रयासका साथ पॉंचौं स्थानमा रहे। आफ्ना प्रयासहरूको सेट पूरा गर्ने क्रममा उनी स्ट्याण्डिङमा तेस्रो स्थानमा थिए, तर फिनल्याण्डको तीजो कूपिता र होटोजेको उत्कृष्ट प्रदर्शनपछि उनको प्याङ्कीङ तल झऱ्यो।

होटोजेले थ्रोको सेट पूरा गरेपछि उनको निकटतम प्रतिद्वन्दी अर्जेण्टिनाको पाब्लो डेमियन जिमेनेज र फ्रान्सको विटोलियो कावाकाथा थिए, तर उनीहरू केवल 12.99 को सर्वश्रेष्ठ प्रयास मात्र सक्षम बने।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande