भारतले पाकिस्तानलाई हराएर डब्ल्यूसीएलको पहिलो उपाधि आफ्नो नाम गऱ्यो
cricket


नयॉं दिल्ली, 14 जुलाई (हि.स.)। बर्मिङ्घममा खेलिएको वर्ल्ड च्याम्पियनशिप अफ् लीजेन्ड्सको फाइनलमा युवराज सिंहको अगुवाईमा इण्डिया च्याम्पियन्सले पाकिस्तान च्याम्पियन्सलाई पॉंच विकेटले हरायो। भारतले यस टुर्नामेन्टको पहिलो उपाधि आफ्नो नाम गरेको छ।

यस स्पर्धामा पाकिस्तानले टस जितेर पहिला ब्याटिङ्ग गर्दै 20 ओभरमा 6 विकेटमा 156 रन बनाएको थियो। पाकिस्तानको तर्फबाट शोएब मलिकले 41 रन बनाए। यसको जवाफमा भारतले अंबाती रायडूको अर्धशतकका साथ 19.1 ओभरमा पॉंच विकेटमा 159 रन बनाएर उपाधि आफ्नो नाम गऱ्यो।

157 रनको लक्ष्यलाई पछ्याउॅंदै मैदानमा उत्रिएको भारतीय टीमले राम्रो शुरूवात गरेको थियो। रबिन उथप्पा र अंबाती रायडूबीच पहिलो विकेटको निम्ति 34 रनको साझेदारी भयो। तेस्रो नम्बरमा आएका सुरेश रैनाको प्रदर्शन राम्रो रहेन र चार रन बनाएर उनी पवेलियन फर्किए।

यसपछि, गुरकीरत सिंह मानले मोर्चा सम्हाले र दुई चौका अनि एक छक्काको मद्दमा 34 रनको पारी खेले। यूसुफ पठानले 30 रन बनाए। यसरी नै युवराजले 15 र इरफानले पॉंच रन बनाए। पाकिस्तानको निम्ति आमिरले दुई विकेट लिए भने सईद अजमल, वहाब रियाज र शोएब मलिकले एक-एक विकेट लिए।

हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल


 rajesh pande