डोनाल्ड ट्रम्पले जेलेन्स्कीसॅंग रूस-यूक्रेन युद्ध रोक्ने वाचा गरे
trump


वाशिङ्गटन, 21 जुलाई (हि.स.)। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार यूक्रेनका राष्ट्रपति वोलोदिमीर जेलेन्स्कीसॅंग फोनमा कुरा गरेर रूस-यूक्रेन युद्ध रोक्ने वाचा गरेका छन्।

ट्रम्पले ट्रुथ सोशियलमा एउटा पोस्टमा भनेका छन्, 'यूक्रेनका राष्ट्रपति जेलेन्स्कीसॅंग फोनमा कुरा भयो। उनले मलाई सफल रिपब्लिकन नेशनल कन्भेन्शन र अमेरिकाको राष्ट्रपति पदको निम्ति रिपब्लिकन उम्मेदवार बनेकोमा बधाई दिए।' आधिकारिक रूपमा रिपब्लिकन पार्टीको राष्ट्रपति पदको उम्मेदवार बनेपछि ट्रम्पको कुनै विदेशी नेतासॅंग यो पहिलो कुराकानी थियो।

ट्रम्पले ट्रुथ सोशियलमा लेखेका छन्, अमेरिकाको अर्को राष्ट्रपतिको रूपमा संसारमा शान्ति ल्याउने छु र त्यो युद्धलाई समाप्त गर्नेछु, जसले यति धेरै मानिसहरूको ज्यान लिएको छ। अनगिन्ती निर्दोष परिवारलाई बर्बाद गरेको छ। दुवै पक्ष मिलेर हिंसा अन्त्य गर्ने र समृद्धिको मार्ग प्रशस्त गर्ने सम्झौतामा वार्ता गर्न सक्षम हुनेछन्।

वोलोदिमीर जेलेन्स्कीले कुराकानीमा ट्रम्पमाथि हमलाको पनि निन्दा गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल


 rajesh pande