नेपालका पूर्वमन्त्री रामचन्द्र राईको पैतृक जिल्ला सर्लाहीमा हत्या
ram chandra rai


काठमाडौं, 22 जुलाई (हि.स.)। नेपालका पूर्वमन्त्री रामचन्द्र राईको सर्लाही जिल्लाको पैतृ​क आवासमा गए राति धारिलो हतियारले टाउकोमा प्रहार गरेर हत्या गरिएको छ। उनी 80 वर्षीय पैतृक आवास नोकरसॅंग बस्थे। उनको परिवारका अन्य सदस्यहरू काठमाडौंमा बस्छन्। घटना सर्लाही जिल्लाको चन्द्रनगर गाउॅंपालिकास्थित रतनपुरमा भएको हो।

मधेश प्रदेशका डीआईजी यज्ञ विनोद पोखरेल र सर्लाहीका एसपी रवीन्द्र सिंह घटनास्थल पुगेका छन्। उनले जिल्ला क्राइम ब्राञ्चलाई घटनाको जॉंचको आदेश दिएका छन्। हत्यारासम्म पुग्नका लागि डग स्क्वाड तैनात गरिएको छ। पुलिसले हत्याको पछि घर जग्गाको विवाद कारण हुन सक्ने आशंका व्यक्त गरेको छ।

उल्लेखनीय छ, रामचन्द्र राई 30 सालअघि राजाको प्रत्यक्ष शासन सरकारमा भूमि सुधार राज्यमन्त्री थिए। उनी शुरूदेखि नै राष्ट्रिय प्रजातन्त्र पार्टीसॅंग जोडिएका थिए। छिमेकीहरू अनुसार, राई आफ्नो पैतृक घरमा एक नोकरसॅंग बस्थे। उनको पत्नीलगायत परिवारका अन्य सदस्यहरू काठमाडौंमा बस्छन्।

हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल


 rajesh pande