रोनाल्ड रोवेले अमेरिकी सीक्रेट सर्विसको कमान सम्हाल्ने, निदेशक चीटलले दिइन् राजीनामा
kimberly cheatle


वाशिङ्गटन, 24 जुलाई (हि.स.)। अमेरिकाको रिपब्लिकन पार्टीका वरिष्ठ नेता, राष्ट्रपति पदका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि 13 जुलाईमा भएको प्राणघातक आक्रमणको उच्चस्तरीय जॉंचबीच अन्तत: अमेरिकी सीक्रेट सर्विसकी निदेशक किम्बर्ली चीटलले आफ्नो पदबाट राजीनामा दिएकी छन्। सीक्रेट सर्विसको कमान रोनाल्ड रोवेको हातमा सुम्पएको छ।

डेमोक्रेटिक राष्ट्रपति जो बाइडनले बयानमा भने, '13 जुलाईमा जे भयो, त्यो फेरि हुनुहुॅंदैन।' यस बीच होमल्याण्ड सुरक्षा सचिव एलेजान्द्रो मयोरकामले भने, 'सीक्रेट सर्विसका उप निदेशक रोनाल्ड रोवेले कार्यवाहक निदेशकको रूपमा काम गर्नेछन्। उनको एजेन्सीमा काम गरेको 24 सालको अनुभव छ।'

व्हाइट हाउसले मंगलवार भन्यो, अमेरिकी सीक्रेट सर्विसकी निदेशक किम्बर्ली चीटलले राजीनामा दिएकी छन्। राष्ट्रपति बाइडनले किम्बर्लीलाई दशकौंको सार्वजनिक सेवाको निम्ति धन्यवाद दिए। किम्बर्ली चीटलले देशको रक्षाको निम्ति नि:स्वार्थ भएर धेरैपटक आफ्नो जीवन जोखिममा पारेकी छन्।

उल्लेखनीय छ, चीटल सोमवार प्रतिनिधि सभा समक्ष प्रस्तुत भएकी थिइन्। यस अवधि उनले तीखो आलोचना सहन गर्नु परेको थियो। उनले सांसदहरूका धेरै प्रश्नहरूको जवाफ दिएनन्। रिपब्लिकन र डेमोक्रेटिक सांसदहरूले उनको राजीनामाको माग गरे। पछि उनले आफ्नो पदबाट राजीनामा दिइन्।

हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल


 rajesh pande