गोर्खा विरोधीहरूले एक घण्टाको बन्दलाई पनि विरोध गर्दैछन्: अजय एडवर्ड्स
Ajoy-Edward


दार्जीलिङ, 26 जुलाई (हि.स.)। हाम्रो पार्टीको केन्द्रिय अध्यक्ष अजय एडवर्ड्सले शहीद दिवसको अवसरमा आह्वान गरिएको एक घण्टा दोकान बन्दको विरोध गरिएकोमा कडा प्रतिक्रिया जनाएका छन्।

सन् 1986 को गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका वीर शहीदहरूको स्मरण गर्न हाम्रो पार्टीले भोलि 27 जुलाई शहीद दिवस दार्जीलिङ शहरमा पालन गर्ने घोषणा गरेको छ। यस अवधि दिउँको 12 बजीदेखि 1 बजीसम्म एक घण्टाको निम्ति शहरका दोकानहरू बन्द गरिदिन हाम्रो पार्टीले अनुरोध गरेको छ।

अध्यक्ष एडवर्ड्सले भने, सन् 1986 को गोर्खाल्याण्ड आन्दोलनमा शहीदहरूले दिएको त्याग र बलिदानका कारण हामी भारतको एक नम्बर नागरिक बनेका छौं। त्यसकारण हामीले ती वीर शहीदहरूले दिएको त्याग र बलिदानलाई भुल्नु हुँदैन। 86 को आन्दोलनमा गोर्खाहरूसंगै मारवाडी, बिहारी आदि समुदायका मानिसहरू पनि शहीद भएका छन्। हामीले ती शहीदहरूको स्मरण गर्नुपर्छ, तर यहाँको विपक्षी पार्टीका नेतृत्वहरूले एक घण्टाको दोकान बन्दलाई पनि विरोध गरिरहेका छन्। उनीहरू गोर्खा हुन् कि होइनन्, मलाई सन्देह लाग्छ।

उनले दोकानहरूलाई जबरजस्ती दोकान बन्द गर्नुपर्छ भनेका छैनौं भनी बताए।

हिन्दुस्थान समाचार / हनोक / बिशाल


 rajesh pande