लङ्भ्यू चियाबारीका श्रमिकहरूको माग पूरा गर्न मालिकपक्ष सहमत
Longview-tea-Garden


खरसाङ, 07 सेप्टेम्बर (हि.स.)। खरसाङको लङ्भ्यू चिया बगानका श्रमिकहरूको लामो सङ्घर्षपछि अन्ततः बगानका मालिक पक्ष श्रमिकहरूको माग पूरा गर्न सहमति बनेकाे छ। यसपल्ट सिलगढीस्थित डागापूरमा बगानका मालिकपक्ष, श्रमिक सङ्गठनहरू अनि प्रशासनिक अधिकारीहरूमाझ बसेको त्रिपक्षीय वार्तामा मालिक पक्षले श्रमिक तथा श्रमिक संगठनहरूको मागलाई मानिलिँदै श्रमिकहरूको बकाया राशि भुक्तान गर्ने वचन दिएका छन्।

सात घण्टाको लामो बैठकपछि मालिक पक्षले पुरानो एरिएर 2022-23, गत वर्षको बाँकी रहेको बोनसको पैसा, श्रमिकहरूको हाजिरा, स्टाफहरूको तलबलाई सम्पूर्ण रूपले भुक्तान गर्नुपर्ने साथै ग्रेच्युटीको पैसाको 74 लाख सेप्टेम्बर महिनाभित्र अनि रहल 1.26 करोड किस्ती गरेर दिसम्बर महिनाभित्रमा तिरिसक्नु पर्ने भन्ने निष्कर्षमा आएर सम्झौता भएको बताइएकाे छ।

उक्त सम्झौता अनुसार 58 वर्ष नाघिसकेका श्रमिकहरूलाई अवकाश दिएर उनीहरूको ज्यालाबाट गैर कानुनी ढङ्गले काटिँदै गरेको पीएफको तीस रूपियाँ पनि काट्न बन्द गर्नुपर्ने निर्देशन एडिसनल लेबर कमिसनरले दिएका छन्। यसका साथै पीएफको मुद्दामा लेबर अफिसरले हस्तक्षेप गर्न नस्कने बताउँदै यसको निम्ति पीएफ अफिसमा पहल गर्नुपर्ने औ पीएफको पन्ध्र करोड निकास गर्नको निम्ति आफ्नो तर्फबाट हुन सक्ने सबै प्रकारको सहयोग गर्ने पनि एडिसनल लेबर कमिसरले जनाए।

सोही अनुरूप पीएफ लिएर युनियनको पीएफ अफिसमा आगामी विशेष पहल रहने जनाइयो। यो सम्झौतालाई लिएर हिल प्लान्टेशन इम्प्लोइज युनियन, भागोप्रमोको श्रमिक सङ्गठन हिल तराई प्लान्टेशन वकर्स युनियन, गोरामुमोको श्रमिक सङ्गठन एचपीडब्लुयु, गोजमुमोको श्रमिक सङ्गठन दार्जिलिङ तराई डुवर्स प्लान्टेसन लेबर युनियन आदिले प्रसन्नता व्यक्त गर्दै यो जीत श्रमिकको जीत रहेको जनाएका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande