सांस्कृतिक सम्पदाको संरक्षण गर्दै हाम्रो परम्परालाई बचाउनु हाम्रो जिम्मेवारी हो: मुख्यमन्त्री
मुख्यमन्त्रीले राज्यवासीहरूलाई विश्वकर्मा पूजाको शुभकामना दिए


गान्तोक, 16 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले नेवार समुदायको महान पर्व इन्द्रजात्राको पवन अवसरमा सिक्किमेली जनतालाई शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आज जारी आफ्नो सन्देशमा इन्द्रजात्रा मानिसहरू एक ठाउँ भेला भएर रमाइलो गर्दै खुसीको साथमा मनाउने पर्व हो र यस पर्वले हाम्रो समाजमा एकता भाइचारा, प्रेम र सद्भावको बन्धनलाई बलियो बनाउनेछ भनी बताएका छन्।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा भने, 'हाम्रो साझा सम्पदाको संरक्षण गर्न र एकताको भावनालाई प्रगाढ़ बनाउनमा यो पर्व फलदायी बन्नेछ। इन्द्रजात्राले मनसुन अन्त्य भएको संकेत दिँदै चाँड़ै शरद ऋतुको आनन्दमय क्षणलाई अनुभूत गराउने गर्दछ। यस पर्वमा नेवार समुदायले आफ्नो ऐतिहासिक र आध्यात्मिक पहिचानलाई पनि उत्सवको रुपमा सम्मिलित गरेर हर्ष उल्लासका साथमा मनाउँछन्। हाम्रो राज्यमा, सिक्किम नेवार गुठीले विभिन्न स्थानहरूमा कुमारी शोभा यात्रा, सांस्कृतिक कार्यक्रमहरूसंगै पारम्परिक परिकारहरूको प्रदर्शनी गरेर भब्यताको साथमा यो महत्वपूर्ण कार्यक्रम पालन गरिरहेको छ। यस्ता पर्वहरूबाट मानिसको जीवनमा शान्ति र आनन्द प्राप्त हुँदछ।'

मुख्यमन्त्रीले सांस्कृतिक सम्पदाको संरक्षण गर्दै हाम्रो परम्परालाई बचाउनु हाम्रो जिम्मेवारी हो भनी बताएका छन्। उनले अघि भने, 'यस पर्वले हाम्रो जीवनमा खुशी र समृद्धि ल्याउनेछ र हाम्रो सांस्कृतिक विरासतलाई अझ बलियो बनाउन प्रेरित गर्दछ। चाडपर्व संस्कृति र परम्पराको महत्त्वलाई जोगाउने र संरक्षण गर्ने अवसरका रूपमा समुदायले लिनुपर्दछ। आफ्ना पूर्खाले छोडेर गएका समृद्ध विरासतलाई अगाडि बढ़ाएर यसलाई भविष्यका लागि जोगाएर राख्नुपर्दछ।'

मुख्यमन्त्रीले यस पर्वको अवसरमा सबै एकजुट भएर, परम्परालाई सम्मान गर्दै, साम्प्रदायिक सद्भावना र भाईचाराको भावनालाई बलियो पारौं भनी आह्वान गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande