शिवसेना विधायकको विवादास्पद टिप्प्णीको विरोधमा एपीसीसीले गऱ्यो प्रदर्शन
शिवसेना विधायकको विवादास्पद टिप्प्णीको विरोधमा एपीसीसीले गऱ्यो प्रदर्शन


इटानगर, 18 सेप्टेम्बर (हि.स.)। अरुणाचल प्रदेश कांग्रेस कमिटी (एपीसीसी) ले आज इटानगरको राजीव गॉंधी भवनमा शान्तिपूर्ण विरोध प्रदर्शन गऱ्यो र शिवसेना विधायक संजय गायकवाडको पुतला जलायो। उक्त प्रदर्शन महाराष्ट्रको शिवसेनाका विधायक संजय गायकवाडको विवादास्पद टिप्पाणीहरूलाई लिएर गरिएको थियो।

विधायक गायकवाडमाथि कथित राहुल गॉंधीको जिब्रो काट्नेलाई 11 लाख रूपियॉं दिने घोषणा गरेको आरोप छ। पत्रकारहरूसॅंग कुराकानी गर्दै एपीसीसीका कार्यवाहक अध्यक्ष बोसीराम सिरामले विपक्षका नेता राहुल गॉंधी विरुद्ध विवादास्पद बयानको निम्ति विधायक गायकवाड र रेल राज्य मन्त्री रणवीत सिंह बिट्टूको बयानको निन्दा गरे।

बिट्टूले राहुल गॉंधी देशको नम्बर एक आतङ्कवादी रहेको आरोप लगाएका थिए। सिरामले भने, दुवै सम्मानजनक स्थितिमा छन्, उनले यस प्रकारको टिप्पणी गर्नु हुॅंदैन, जुन असंसदीय र निन्दनीय छ। यस प्रकारको शब्दहरूलाई सहन गर्न सकिॅंदैन। यस कारण हामी देशका विभिन्न राज्यहरूमा यसको विरोध गरिरहेका छौ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande