चियाबारी श्रमिकहरूले बीस प्रतिशत बोनस पाउनु पर्ने मागमा रोहिणी चियाबारीमा गेट मिटिङ
Gate-meeting-Rohini-Tea-Garden


खरसाङ, 19 सेप्टेम्बर (हि.स.)। खरसाङ खण्ड अन्तर्गत रोहिणी चिया बगानको पाइलाधुरा डिभिजनमा चिया श्रमिकहरुले आज बीस प्रतिशत बोनस पाउनुपर्छ भन्ने मांगमा गेट मिटिङ गरेको छ।

श्रमिकहरूले बीस प्रतिशत बाेनस पाउनु पर्छ भन्ने मागमा गेट मिटिङ गरिएकाे हाे। चिया बगान मालिकहरूले यसपाली 8.33 प्रतिशतको दरले बाेनस दिने कुरा गरेपछि दार्जिलिङका समस्त चिया बगानहरूमा श्रमिकहरुले गेट मिटिङ गरिरहेका छन्। यसैलाई निरन्तरता दिँदै रोहिणी चिया बगानमा पनि श्रमिकहरुले गेट मिटिङ गरेका हुन्।

श्रमिकहरूले 8.33 प्रतिशतको दरले बोनस कुनै हालतमा स्वीकार नगर्ने बताएका छन्। उनीहरूले बीस प्रतिशतकाे दरले बाेनस दिनुपर्छ भन्ने माग गरेका छन्। श्रमिकहरूले आफ्नो माग पूरा नभएको खण्डमा सम्पूर्ण चिया श्रमिकहरुले बृहत रुपमा आन्दोलन गर्ने मालिक पक्षलाई चेताउनी दिएका छन्।

गेट मिटिङमा समस्त ट्रेड युनियन शाखाका प्रतिनिधि लगायत चिया श्रमिकहरु उपस्थित रहेकाे स्थानीय सुन्दर राईले जानकारी दिएका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande