सिक्किममा १.५ बिलियन वर्ष पुरानो स्ट्रोमेटोलाइट जीवाश्मको खोज, मुख्यमन्त्रीद्वारा हर्ष व्यक्त
सिक्किममा १.५ बिलियन वर्ष पुरानो स्ट्रोमेटोलाइट जीवाश्मको खोज


सिक्किममा १.५ बिलियन वर्ष पुरानो स्ट्रोमेटोलाइट जीवाश्मको खोज


गान्तोक, 19 सेप्टेम्बर (हि.स.)। सिक्किमको नाम्ची जिल्लाको मामलेस्थित फोसिल पार्कमा १.५ बिलियन वर्ष पुरानो स्ट्रोमेटोलाइट जीवाश्म पत्ता लागेको छ। उक्त जानकारी मुख्यमन्त्री प्रेमसिंह तामाङले आज आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्ट शेयर गरेर दिएका छन्। मुख्यमन्त्रीले यस खोजप्रति खुशी व्यक्त गर्दै भनेका छन्, 'यो अविश्वसनीय खोज (क्यानडाको ओटावा नदी, अष्ट्रेलियाको शार्क बे र संयुक्त राज्य अमेरिकाको मोन्टानासॅंग मिल्दोजुल्दो जीवाश्महरू) पृथ्वीको प्रारम्भिक जीवन रूपहरू मध्ये एकको प्रमाण रहेको बताएका छन्।

मुख्यमन्त्रीले यी प्राचीन स्ट्रोमेटोलाइटहरूले जीवनको जगलाई आकार दिने कार्यमा महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्, जसले अक्सिजन, कार्बन र नाइट्रोजन जस्ता महत्त्वपूर्ण तत्वहरूको गठनमा योगदान पुर्‍याउँछ। उनले सिक्किम सरकार खान एवं भूविज्ञान विभाग अन्तर्गत यस उल्लेखनीय साइटलाई विश्वस्तरीय, अत्याधुनिक जीवाश्म थिम पार्कमा रूपान्तरण गर्न प्रतिबद्ध रहेको जानकारी गराएका छन्।

उनले सिक्किममा एउटा जियोपार्क गाउॅं विकास गर्ने योजना बनाएको जानकारी गराएका छन्, जसले शोधकर्ता, वैज्ञानिक र पर्यटकहरूको निम्ति एउटा केन्द्रको रूपमा काम गर्नेछ र सिक्किम भूविज्ञान र जीवाश्म विज्ञानको क्षेत्रमा अन्तरराष्ट्रिय महत्वको गन्तव्य बन्नेछ भनेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande