खरसाङमा अण्डर-14 लीग कम नक आउट फुटबल प्रतियोगिता हुने
U-14-football-kurseong


खरसाङ, 18 सेप्टेम्बर (हि.स.)। खरसाङ महकुमा खेलकूद संघको आयोजनामा आगामी 21 सेप्टेम्बरदेखि खरसाङको मन्टेभियट खेल मैदानमा अण्डर-14 लीग कम नक आउट फूटबल प्रतियोगिता हुने भएको छ। यस प्रतियोगितामा जम्मा आठ दलले भाग लिने बताइएकाे छ। बुधवार संघको कार्यलयमा सम्पन्न सभामा संघका अध्यक्ष मोहन योञ्जन, सचिव निर्मल गुरुङ, प्रतियोगिताका संयोजक राजेन लामा लगायत सबै दलहरूका प्रतिनिधिहरुको उपस्थिति रहेकाे थियाे। सभामा सबैकाे उपस्थितिमा चिट्ठा प्रणालीद्वारा प्रतियोगिताको फिक्चर पनि तयार गरियाे।

संघका उपाध्यक्ष फूर्बा घिसिङले जानकारी दिए अनुसार, यस प्रतियोगितामा सर्वप्रथम लीग खेल हुनेछ भने दुई समूहबाट प्रथम अनि दोस्राे स्थान प्राप्त गर्ने दलबीच नकआउट र सेमिफाइनल खेल हुनेछ। प्रतियोगिताको फाइनल खेल 28 सेप्टेम्बर, शनिवारको दिन हुनेछ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande