भागोप्रमो गोरुबथान महकुमा समिति विघटन
BGPM-Gorubathan-sub-div


कालेबुङ, 18 सेप्टेम्बर (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको गोरुबथान महकुमा समितिलाई विघटन गरिएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागाेप्रमाे) कालेबुङ जिल्ला अध्यक्ष विनय घिसिङले आज कालेबुङमा एक पत्रकार सम्मेलन बोलाएर गोरूबथान महकुमा समिति विघटनको जानकारी गराएका छन्। उनले अर्को समिति गठन नभएसम्मका सभासद रतन थापालाई संयोजकको रुपमा जिम्मेवारी दिइएको जानकारी गराए। भागोप्रमो कालेबुङ जिल्ला अध्यक्ष विनय घिसिङले आगामी दिनमा नयाँ समिति गठनको प्रक्रिया अघि बढाइने बताएका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande