प्रतिबन्धित नशालु पदार्थसहित दुई पक्राउ
प्रतिबन्धित नशालु पदार्थसहित दुई पक्राउ


गान्तोक, 16 सेप्टेम्बर (हि.स.)। रम्फू पुलिस थाना अन्तर्गत अटल सेतु चेकपोस्टमा नियमित वाहनहरूको जॉंचको क्रममा प्रतिबन्धित नशालु पदार्थसहित दुई व्यक्तिलाई पक्राउ गरिएको छ। पक्रा पर्ने व्यक्तिहरू पाकिम निवासी बताइएको छ।

पुलिस रिपोर्ट अनुसार, वाहनहरूको जॉंचको क्रममा एउटा बोलेरो रोकेर छानबिन गर्दा वाहनबाट 50 बोतल वानरीक्स कफ सिरप र 946 एन—10 ट्याबलेट जफत गरियो। पुलिसले आरोपीहरूलाई पक्राउ गरेर साडा अधिनियम अन्तर्गत मामिला दर्ता गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande