श्री सत्य साई युनिटी कप क्रिकेट प्रतियोगिता : तेस्रो दिनको दुइर्वटा म्याचमा सिलगढी समिति विजयी
Shri-satya-sai-unity-cricket


खरसाङ, 16 सेप्टेम्बर (हि.स.)। श्री सत्य साई राष्ट्रिय क्रिकेट लिग अन्तर्गत पश्चिम बंगाल राज्य दुईकाे दार्जिलिङ जिल्लाद्वारा लोहागढ समिति अन्तर्गत कटहरे खेल मैदानमा सम्पन्न तेस्रो दिनको दुईवटै म्याचमा सिलगढी समितिले विजयी हासिल गरेको छ। सोमवार सम्पन्न पहिलो म्याच खरसाङ समिति अनि सिलगढी समिति माझ भएको थियो। यस म्याचमा सिलगढी समितिले टस जितेर बलिङ गर्न निस्कियाे। खरसाङ समितिले 19 ओभरमा 7 विकेट गुमाएर 109 रन बनाए। 110 को लक्ष्यलाई पछ्याउँदै सिलगढी समितिले सहजै खरसाङ समितिलाई केवल पाँच ओभर पाँच बलमा पराजित गरे।

सोमबारको दोस्रो म्याच सिलगढी अनि लोहागढ समिति माझ सम्पन्न भयो। उक्त म्याचमा लोहागढ समितिले टस जितेर बलिङ गर्न मैदानमा उत्रियाे। उता सिलगढी समितिले लोहागढ समितिलाई म्याचमा बीस ओभर खेलेर 236 रनको विशाल लक्ष्य दिएकाे थियाे। लक्ष्यलाई पार गर्न लोहागढ समितिका खेलाडीहरु पनि निक्कै जोसिलो भएर मैदानमा उत्रिए औ खुबै उत्कृष्ट खेलको प्रदर्शन गरे तापनि 14 ओभरमा आफ्नो सबै वीकेट गुमाएर केवल 117 रन बनाउन सक्षम बने।

सोमबारको पहिलो म्याचमा प्रणय घले अनि सलिम भुजेल निर्णायक थिए भने दोस्रो म्याचमा बिरेन छेत्री अनि दिपम थापा निर्णायक थिए। यस दिनको म्याचमा श्री सत्य साई सेवा सङ्गठन, पश्चिम बंगाल राज्य दुईका राज्य अध्यक्ष विजय मंगर, राज्य सेवा समन्वयक अनुप प्रधान, राज्य ग्राम इन्चार्ज दिपक कुमार छेत्री, दक्षिण दार्जीलिङ जिल्लाका जिल्ला सभापति बुद्ध कुमार तामाङ लगायत राज्य अनि जिल्लाका पदभारीहरू तथा खरसाङ समिति, सिलगढी समिति अनि लोहागढ समितिका संयोजकहरू, समिति पदभारीहरू आदिको विशेष उपस्थिति रहेको थियो।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande