थेक र लाटुकमा बाढीले पुऱ्याएको क्षतिको आकलन
thek-latuk


पाकिम, 26 जुलाई (हि.स.)। पाकिमका महकुमा अधिकारी डाकमान सुब्बाको अगुवाईमा आज एक निरीक्षण टोलीले पारखा खण्ड अन्तर्गत थेक र लाटुकको भ्रमण गऱ्यो। गत 25 जुलाई बिहान लगभग 4:30 बजी आएको बाढीले पुऱ्याएको क्षतिको आकलन गर्न भ्रमण गरिएको थियो।

भ्रमणको क्रममा निरीक्षण टोलीले आवासीय घर, दुईवटा अस्थायी पुल र पूर्वाधारहरूलाई ठूलो क्षति पुगेको पाए। यसैगरी, बाढीले जलापूर्ति पनि प्रभावित बनेको छ। बाढीका कारण स्थानीय हर्क बहादुर राई र बिमल बरालको घर भ​त्किने अवस्थामा पुगेको टोलीले थाहा पाए।

महकुमा अधिकारीले प्रभावित परिवारहरूलाई सुरक्षित ठाउॅंमा स्थानान्तरित गर्न निर्देश दिए। टोलीले तत्काल आवश्यक कार्यको निम्ति प्रतिबद्धता प्रकट गर्दै ग्रामीणहरूलाई आवश्यकता परेको खण्डमा सहायता माग्न प्रोत्साहित गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande