रक्षामन्त्री राजनाथले कारगिल योद्धको वीरताको सम्झना गरे
raj-nath-singh-mamta-banerjee


नयॉं दिल्ली, 26 जुलाई (हि.स.)। देशका रक्षामन्त्री राजनाथ सिंहले कारगिल विजय दिवसको 25औं वर्षगॉंठमा आज बिहान 1999 सालमा भएको यस युद्धमा सैनिकहरूको बलिदानको स्मरण गरे।

उनले एक्स ह्यान्डलमा लेखेका छन्, 'आज कारगिल विजय दिवसको 25औं वर्षगॉंठमा हामी ती बहादुर सैनिकहरूको अदम्य भावना र साहसको सम्झाना गर्छौ जसले 1999 को युद्धमा बहादुरीका साथ लड़ेका थिए। उनीहरूका अटूट प्रतिबद्धता, वीरता र देशभक्तिले हाम्रो देशको सुरक्षा सुनिश्चित गऱ्यो। उनीहरूका सेवा र बलिदान हरेक भारतीय र हाम्रा भावी पीढ़ीहरूलाई प्रेरणा दिइरहनेछ।'

उल्लेखनीय छ, भारतीय सेनाले कारगिलको लड़ाईमा पाकिस्तानलाई पराजित गर्दै 26 जुलाई, 1999 मा विजय प्राप्त गरेको थियो। यो युद्ध लगभग दुई महिनासम्म चलेको थियो। शुरूमा यसलाई पाकिस्तानको घुसपैठ मानिएको थियो, तर नियन्त्रण रेखामा खोज अभियानपछि पाकिस्तानको नियोजित रणनीतिको खुलासा भयो।

भारतीय सेनाले पाकिस्तानको तर्फबाट ठूलो हमलाको योजना बनाएको थाहा पायो। यसपछि भारत सरकारले 'अपरेशन विजय' शुरू गर्दै सैनिकहरूलाई कारगिल क्षेत्रमा पठायो। यस युद्धमा भारतीय सशस्त्र बलहरूले आफ्नो अटूट दृढ संकल्प र अदम्य भावना प्रदर्शित गरे। कारगिल युद्ध पाकिस्तानको गलत अभिप्रायको प्रमाण हो।

भारतका तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीले पाकिस्तानलाई पाठ पढाउॅंदै भारतको शौर्य र सामर्थ्यको परिचय संसारलाई गराए। यस युद्धमा भारतमा आफ्ना धेरै वीर योद्धाहरू गुमाए र उनीहरूका सर्वोच्च बलिदान देशको निम्ति एउटा उदाहरण बन्यो।

हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल


 rajesh pande