असममा ५.१ तीव्रताको भूकम्प, बंगलादेश, नेपाल, म्यान्मार, भूटानदेखि चीनसम्म हल्लियो धरती
Earthquake today


गुवाहाटी, 05 जनवरी (हि.स.)। पूर्वोत्तर भारतका विभिन्न राज्यहरूमा सोमबार बिहानै भूकम्पको तीव्र झट्का महसुस गरियो। बिहान ०४:१७:४० बजी आएको यस भूकम्पको तीव्रता रिक्टर स्केलमा ५.१ मापन गरिएको छ, जसका कारण मानिसहरूमा त्रास फैलिएको छ। केही समयसम्म झट्का महसुस भइरह्यो।

असमसहित मेघालय, नागाल्यान्ड, अरुणाचल प्रदेश, मणिपुर र मिजोरममा पनि भूकम्पको झट्का महसूस गरियो। यसका साथै भारतका छिमेकी देशहरू बंगलादेश, नेपाल, म्यान्मार, भुटान र चीनसम्म मध्यम तीव्रताको भूकम्प महसुस गरियो। तर, अहिलेसम्म कुनै किसिमको क्षतिको खबर आएको छैन।

नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार, भूकम्पको केन्द्र असमको मोरीगाउँ जिल्लाबाट करिब १४ किलोमिटर टाडा रहेको थियो। भूकम्पको गहिराइ ५० किलोमिटर मापन गरिएको छ। भूकम्पको केन्द्रबिन्दु २६.३७ डिग्री उत्तर अक्षांश र ९२.२९ डिग्री पूर्व देशान्तर मा रहेको बताइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande