मणिपुरः संयुक्त सुरक्षा बलद्वारा हतियारहरूको ठूलो संख्या जफत
मणिपुरः संयुक्त सुरक्षा बलद्वारा हतियारहरूको ठूलो संख्या जफत


इम्फाल, 27 जुलाई (हि.स.)। संयुक्त सुरक्षा बलहरूद्वारा राज्यका विभिन्न भागहरूमा संचालित अलग-अलग अभियानहरू अवधि ठूलो संख्यामा हतियार अनि गोला-बारूदहरू जफत गरिएको छ। मणिपुर पुलिसद्वारा आज दिइएको जानकारी अनुसार राज्यका हिमाली तथा उपत्याका दुवै जिल्लाहरू अधिनस्थ सीमान्त तथा संवेदनशील क्षेत्रहरूमा सुरक्षा बलहरूद्वारा खोजी अभियान एवं क्षेत्र वर्चस्व संचालन गरियो।

यस खोजी अभियानको क्रममा काकचिंग जिल्लाको खारुंगपतबाट एउटा कार्बाइन म्यागजिनसितै, एउटा बोल्ट एक्शन .303 राइफल, एउटा 2 इञ्चको स्मोक शेल, एउटा एसएलआर म्यागजिन, एउटा इंसास एलएमजी म्यागजिन, पाँचवटा एचई-36 ग्रेनेड, 32 राउण्ड जिउँदो कारतूस, पाँचवटा डेटोनेटर, 17 खाली डब्बा, दुईवटा हेलमेट, एउटा बीपी वेस्ट, एउटा सैन्य बेल्ट, दुईवटा मोबाइल ह्याण्डसेट, चारवटा डबल ब्लास्ट स्मोक शेल, पाँचवटा स्मोक ग्रेनेड, एउटा ग्रीन सिग्नल ग्रेनेड, दुईवटा रबर बुलेट (38 मिमी कार्ट्रिज), सफ्ट नोज सहित सातवटा टियर स्मोक शेल तथा पाँचवटा टियर ग्यास स्टन शेल जफत गरियो।

यस्तै एक अभियानमा चुराचाँदपुर जिल्लाको लाइका मुआलसौबाट दुईवटा पम्पी जफत गरियो। यस अतिरिक्त कांगपोकपी जिल्लाको बिजांग गाउँबाट एउटा इम्प्रोभाइज्ड मोर्टर, एउटा 9 एमएम पेस्तोल र म्यागजिन, दुईवटा सिंग ब्यारल राइफल (बोल्ट एक्शन), तीनवटा एचई-36 ह्याण्ड ग्रेनेड, तीनवटा इम्प्रोभाइज्ड मोर्टर राउण्ड जफत गरियो। सुरक्षा बलहरूको छापामारी अभियान राज्यभरि नै जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा / बिशाल


 rajesh pande