पेरिस, 31 जुलाई (हि.स.)। पेरिस ओलम्पिकमा पूल 'बी' मा न्यजील्याण्डमाथि अर्जेण्टीनाको जित र अस्ट्रेलियामाथि बेल्जियमको जितपछि भारत र बेल्जियमले नकआउट चरणको निम्ति क्वालीफाई गरेको छ।
भारतीय पुरुष हकी टीमले आयरल्याण्डलाई 2-0 ले पराजित गरेर देशको तालिकामा एउटा पदक जोड्ने दिशामा एक पाइला अगाडि बढाएको छ। मंगलवार अबेर राति अर्जेण्टीनाले न्यूजील्याण्डलाई 2-0 ले पराजित गरेपछि भारतको क्वार्टर फाइनलमा स्थान सुनिश्चित भएको छ। अर्जेण्टीनाको जितपछि, भारत केही समयका लागि पूल 'बी' को शीर्षमा पुगेको थियो।
बेल्जियमले अन्तत: अस्ट्रेलियालाई 6-2 ले हराएर भारतलाई शीर्षबाट अपदस्थ गरेको छ। उत्कृष्ट जीतका साथ बेल्जियमले क्वार्टर फाइनलको निम्ति पनि क्वालीफाई गरेको छ। बेल्जियमको परिणामपछि भारत तीन म्याचमा सात अंकका साथ दोस्रो स्थानमा छ।
पेरिस ओलम्पिकमा बेल्जियमको दोषरहित प्रदर्शनपछि तीन म्याचमा नौ अंकका साथ शीर्ष स्थानमा पुगेको छ। भारतले न्यूजील्याण्डमाथि 3-2 को रोमाञ्चक जितको साथमा आफ्नो अभियानको शुरूवात गऱ्यो। क्याप्टन हरमनप्रीत कौरले अर्जेण्टीना विरुद्ध आफ्नो दोस्रो म्याचमा एक गोल गरेर एक अंक बचाएका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल