चान्दीपुरा भाइरसले अहिलेसम्म 51 को मृत्यु, गुजरातका छिमेकी राज्यहरूका लागि स्वास्थ्य मन्त्रालयले जारी गऱ्यो सुझाउ
चान्दीपुरा भाइरसले अहिलेसम्म 51 को मृत्यु, गुजरातका छिमेकी राज्यहरूका लागि स्वास्थ्य मन्त्रालयले जारी गऱ्यो सुझाउ


नयाँ दिल्ली, 01 अगस्त (हि.स.)। गुजरातमा चान्दीपुरा भाइरस र एक्यूट इन्सेफेलाइटिस सिन्ड्रोम (एईएस) को मामिलाहरूले अहिलेसम्म 51 रोगीको ज्यान गएको छ। एईएसको अहिलेसम्म 148 मामिला अघि आइसकेको छ, जसमध्ये 140 गुजरातबाट छन्। यसमध्ये 59 मामिलामा मृत्यु भइसकेको छ। 51 मामिलामा चान्दीपुरा भाइरसको पुष्टि भएको छ।

केन्द्रिय स्वास्थ्य मन्त्रालयद्वारा जारी रिपोर्ट अनुसार, 19 जुलाईदेखि एईएसको नयाँ मामिलाहरूमा ह्रास दर्ता गरिएको छ। एईएस मामिलाहरूको रिपोर्ट गर्ने छिमेकी राज्यहरूको मार्गदर्शन गर्नका लागि राष्ट्रिय रोग नियन्त्रण केन्द्र (एनसीडीसी) र राष्ट्रिय वेक्टर जनित रोग नियन्त्रण केन्द्रको संकाय (एनसीवीबीडीस) ले एक संयुक्त सुझाउ जारी गरेको छ।

बिहिवार मन्त्रालयले भन्यो, जून महिनाको शुरूआतदेखि गुजरातमा 15 वर्षभन्दा कम आय़ुका नानीहरूमा एक्यूट इन्सेफेलाइटिस सिन्ड्रोम (एईएस) को मामिला अघि आएको छ। 31 जुलाईसम्म 148 एईएस मामिला (गुजरातको 24 जिल्लाबाट 140, मध्य प्रदेशबाट 4, राजस्थानबाट 3 र महाराष्ट्रबाट 1) अघि आएको छ, जसमध्ये 59 मामिलामा मृत्यु भएको छ। 51 मामिलामा चान्दीपुरा भाइरस (सीएचपीवी) को पुष्टि भएको छ। यस स्थितिको सामना गर्न बिहिवार स्वास्थ्य सेवा महानिदेशक (डीजीएचएस) र निदेशक, राष्ट्रिय रोग नियन्त्रण केन्द्र (एनसीडीसी) र महानिदेशक, भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर) ले वर्तमान स्थितिको समीक्षा गरे।

केन्द्रिय टीमले छिमेकी राज्यहरूलाई वेक्टर नियन्त्रणको निम्ति कीटनाशक स्प्रे, आईईसी, चिकित्सा कर्मीहरूको संवेदीकरण र निर्दिष्ट सुविधाहरूको निम्ति मामिलाहरूलाई समयमा रेफर गर्ने सुझाउ दिएको छ। केन्द्र सरकारले सार्वजनिक स्वास्थ्य उपाय गर्ने र प्रकोपको विस्तृत महामारी विज्ञान जाँच गर्नमा गुजरात राज्य सरकारको सहायताको निम्ति एक राष्ट्रिय संयुक्त प्रकोप प्रतिक्रिया टीम (एनजेओआरटी) लाई तैनात गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल


 rajesh pande