जमीनकाण्डमा पक्राउ पत्रकार अवनिश दीक्षित गिरोहका दुई सदस्यको खोजीमा छापामारी
जमीनकाण्डमा पक्राउ पत्रकार अवनिश दीक्षित गिरोहका दुई सदस्यको खोजीमा छापामारी


कानपुर, 26 अगस्त (हि.स.)। पत्रकारिताको आड़मा हजारौं करोड़ रुपियाँको जमीन कब्जाएको मामिलामा जेलमा थुनिएका कानपुर प्रेस क्लबका पूर्व अध्यक्ष अवनिश दीक्षित गिरोहका दुई सक्रिय सदस्यहरूको खोजीमा चकेरी पुलिसले सोमवार भोर बिहान छापा माऱ्यो। तर पुलिसलाई केही पनि हात लागेन। पुलिस पुग्नअघि नै गिरोहका सदस्यहरू भागिसकेका थिए। दुईमध्ये एकजनामाथि चकेरी थानामा 12 आपराधिक मुद्दा दर्ता छन्।

पुलिस उपायुक्त पूर्वी श्रवण कुमारले बताए, अवनिश दीक्षित गिरोहका सक्रिय सदस्यहरूलाई पक्राउ गर्नको लागि खोजी अभियान निरन्तर जारी छ। सम्भावित स्थानहरूमा छपामारी भइरहेको छ। यसै क्रममा चकेरी थानाको पुलिस टीमले मंगला विहार प्रथम निवासी अमन तिवारी, पुत्र स्वर्गीय अवधेश तिवारी अनि यसै थाना क्षेत्रको न्यू आजाद नगर निवासी अमर बाजपेयी उपनाम रिक्की, पुत्र राजकुमार बाजपेयीको खोजीमा सुराकीहरूको सूचना अनुरूप दुवैको घरमा छापा माऱ्यो। तर दुवै नै घरबाट भागिसकेका थिए।

आरोपी अमन तिवारीविरूद्ध चकेरी थानामा वर्ष 2023 मा धारा 384, 504, 506 अन्तर्गत मुद्दा दर्ता गरिएको थियो भने रिक्कीविरूद्ध चकेरी थानामा ज्यानमारा आक्रमण सहित 12 आपराधिक मामिला दर्ता छन्। दुवै अपराधीहरूको खोजीमा चकेरी थानाका प्रभारी निरीक्षक अशोक कुमार दुबे अनि उनको टीम लगातार लागिपरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा / बिशाल


 rajesh pande