
अमेठी, 24 दिसम्बर (हि.स.)। उत्तर प्रदेशको अमेठी जिल्लाको मुसाफिरखाना थाना क्षेत्र अन्तर्गत पिंडारा ठाकुर गाउॅंमा मंगलवार अबेर राति एउटा सनसनीपूर्ण घटना घट्यो। शौचको लागि घरबाट बाहिर निक्लिएका युवकमाथि अज्ञात आक्रमणकारीहरूले धारिलो हतियारले प्राणघातक आक्रमण गरे। गम्भीर रूपमा घाइते युवकको उपचारको क्रममा मृत्यु भयो। घटनाको जानकारी पाएपछि एसपीसहित पुलिसका उच्च अधिकारीहरू घटनास्थल पुगे र आवश्यक वैधानिक कार्यवाही शुरू गरे।
मृतकको नाम रत्नेश मिश्र (23) बताइएको छ। परिजन अनुसार, रत्नेश मिश्र अबेर राति घरबाट निक्लिएका थिए, त्यही समय अचानक हमला भयो। हमलामा उनी गम्भीर रूपमा घाइते भए। होहल्लापछि स्थानीय मानिसहरू एकत्रित भए र उनलाई मुसाफिरखाना लिएर गए, जहॉंबाट उनलाई जिल्ला अस्पताल सुल्तानपुर रेफर गरियो। तर, उपचारको क्रममा रित्नेशको मृत्यु भयो।
युवकको मृत्युपछि क्षेत्रमा हलचल मचिएको छ। गाउॅंमा शोक र आतंकको माहोल छ। पुलिस अधिकारीहरू घटनास्थल पुगेर निरीक्षण गरेका छन्। अपर पुलिस अधीक्षक ज्ञानेन्द्र कुमार सिंहले भने, परिवारको शिकायतमा 6 जना विरुद्ध मामिला दर्ता गरिएको छ। फील्ड यूनिट टीमले साक्ष्य संकलन गरिरहेको छ। आरोपीहरूलाई पक्राउ गर्न दुई पुलिस दल गठन गरिएको छ। उनले चॉंडै आरोपीहरूलाई पक्राउ गरिने आश्वासन दिएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी