अन्तरराष्ट्रिय सौर गठबन्धनको 101औं सदस्य बन्यो नेपाल, भारतले गऱ्यो स्वागत
अन्तरराष्ट्रिय सौर गठबन्धनको 101औं सदस्य बन्यो नेपाल, भारतले गऱ्यो स्वागत


काठमाडौं, 12 सेप्टेम्बर (हि.स.)। नेपाल अन्तरराष्ट्रिय सौर गठबन्धनको 101औं सदस्य देश बनेको छ। भारतको राजधानी नयॉं दिल्लीमा बुधवार एक कार्यक्रममा नेपाल यस गठबन्धनमा सहभागी बन्न एक सम्झौतामा हस्ताक्षर गऱ्यो।

अन्तरराष्ट्रिय सौर गठबन्धन अन्तर सरकारी संगठन हो। यसको शुरूआत भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका पूर्व राष्ट्रपति फ्रान्स्वा ओलांदले शुरू गरेका हुन्।

नयॉं दिल्लीमा बुधवार विदेश मन्त्रालय समारोहमा नेपालको तर्फबाट भारतमा कार्यवाहक राजदूत सुरेन्द्र थापाले सम्झौतामा हस्ताक्षर गरे। यस समारोहमा विदेश मन्त्रालयको आर्थिक कूटनीति तथा बहुपक्षीय आर्थिक सम्बन्ध डिभिजनका प्रमुख संयुक्त सचिव अभिषेक सिंह उपस्थित थिए।

भारतीय विदेश मन्त्रालयका संयुक्त सचिव सिंहले नेपाललाई गठबन्धनमा सहभागी बनेकोमा स्वागत जनाए। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने, भारतको छिमेकी प्रथम (नेवरहुड फर्स्ट) नीति अन्तर्गत नेपाललाई गठबन्धनमा स्वागत छ। उनले सुरेन्द्र थापा सहभागी बनेकोमा खुशी व्यक्त गरे।

थापाले भने, प्रधानमन्त्री मोदीको यस वैश्विक प्रयासमा सहभागी बन्नु नेपालको निम्ति सौभाग्यको कुरा हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande