चीनको नीतिप्रति ओली सरकारको घटक नेपाली कांग्रेस असन्तुष्ट
गगन थापा


काठमाडौं, 16 सेप्टेम्बर (हि.स.)। नेपालको केपी ओली सरकारको घटक दल नेपाली कांग्रेस चीनको नीतिप्रति असन्तुष्ट छ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चीनको नेपाल नीतिको तीखो आलोचना गरे।

एक पुस्तक विमोचन कार्यक्रममा सोमवार थापाले भने, नेपालबारे चीनको नीति हाम्रो समझभन्दा बाहिर छ। नेपाल आउने चीनका प्रत्येक प्रतिनिधिमण्डलले दुई प्रकारको कुरा गर्छन्। बीजिङबाट आउने चीनका राजदूत हुन् अथवा प्रतिनिधिमण्डल, जब उनीहरू गैर वामपन्थी दलहरूसॅंग भेट गर्छन् तब नेपालका सबै राजनीतिक दलहरूसॅंग समान सम्बन्ध रहेको कुरा गर्छन्। तर, जब वामपन्थी दलहरूसॅंग भेट गर्छन् तत्काल वाम एकताको कुरा गर्छन्। सबै कम्युनिस्ट दलहरू मिलएर एउटा दल बनाउन दबाउ बनाउॅंछन्।

नेपाली कांग्रेसका महामन्त्रीले भने, चीनको यो विदेश नीति समझभन्दा बाहिर छ। नेपालको आन्तरिक मामिलामा यो सोझो हस्तक्षेप हो। वामपन्थी दलहरूको सरकार बनाउन चीनले खुलेर समर्थन गर्छन्। हर सम्भव मद्द दिने कुरा गर्छन्। दोस्रो पार्टीको सरकार बन्यो भने व्यवहार परिवर्तन गर्छन्।

यस अवसरमा लेखक एवं वरिष्ठ पत्रकार सुधीर शर्माले भने, नेपालको आन्तरिक राजनीतिमा बढ्दो चीनको हस्तक्षेप कुनै पनि कोणबाट नेपालको हितमा छैन। यदि नेपालमा यसको विरोध गरिएन भने त्यो दिन टाडा छैन जब नेपालमा कोही अमेरिका समर्थक पार्टी हुनेछन् भने कोही भारत समर्थक।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande