अमेरिका दौड़ाहमा नेपालका प्रधानमन्त्री ओलीको हार्वर्ड र कोलम्बिया यूनिवर्सिटीमा विशेष सम्बोधन
अमेरिका दौड़ाहमा नेपालका प्रधानमन्त्री ओलीको हार्वर्ड र कोलम्बिया यूनिवर्सिटीमा विशेष सम्बोधन


काठमाण्डौं, 15 सेप्टेम्बर (हि.स.)। संयुक्त राष्ट्र (यूएन) को 79औं महासभामा भाग लिन अमेरिका गइऱहेका प्रधानमन्त्री केपी शर्मा ओलीको न्यूयार्कमा कोलम्बिया विश्वविद्यालय र बोस्टनमा हार्वर्ड विश्वविद्यालयमा विशेष सम्बोधन हुनेछ। नेपालका कुनै प्रधानमन्त्रीद्वारा अमेरिकाका यी प्रतिष्ठित विश्वविद्यालयमा पहिलो पल्ट सम्बोधन हुन गइऱहेको छ।

न्यूयार्कमा नेपालका स्थाई प्रतिनिधि लोक बहादुर थानाले भने, दुवै विश्वविद्यालयमा प्रधानमन्त्री ओलीको सम्बोधनको निम्ति समन्वयको काम पूरा गरिएको छ। थापा अनुसार, प्रधानमन्त्री ओलीद्वारा कोलम्बिया विश्वविद्यालयमा 23 सेप्टेम्बरमा र हार्वर्डमा 27 सेप्टेम्बरमा सम्बोधन कार्यक्रम तय भएको छ। प्रधानमन्त्री ओली 10 सेप्टेम्बरदेखि शुरू भएको संयुक्त राष्ट्रको 79औं महासभामा सामेल हुन 21 सेप्टेम्बरमा न्यूयार्क पुग्नेछन्। उनको 26 सेप्टेम्बरमा सम्बोधन गर्ने कार्यक्रम छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande