नयॉं दिल्ली, 24 सेप्टेम्बर (हि.स.)। राफेल नडाललाई नोभेम्बरमा मेलागामा हुने डेभिस कप फाइनलको अन्तिम आठ खेलका लागि स्पेनको टोलीमा सामेल गरिएको छ। 22 पल्टका ग्रान्ड स्ल्याम च्याम्पियनले पेरिस 2024 ओलम्पिकपछि कुनै पनि प्रतिस्पर्धामा भाग लिएका छैनन्, जसमा उनी पुरुष एकलमा नोवाक जोकोविचसॅंग दोस्रो चरणमा पराजित भएका थिए। उनी कार्लोस अल्काराजसॅंग जोडी बनाएर पुरुष युगलको क्वार्टर फाइनलमा पुगेका थिए भने अमेरिकी अस्टिन क्राजिसेक र राजीव रामसॅंग पराजित बनेका थिए।
पेरिस खेलहरूपछि, नडालले स्वास्थ्य समस्याहरूका कारण यूएस ओपन 2024 र लेवर कप 2024 बाट आफ्नो नाम फिर्ता लिएका थिए। उनी स्पेनको टिलीमा अल्काराज, रबर्टो बतिस्ता अगुत, पाब्लो केरेनो बुस्टा र मार्सेल ग्रेनोलर्ससॅंग सामेल हुनेछन्। डेविड फेरर टोलीका प्रशिक्षक हुनेछन्।
शीर्ष आठ राष्ट्रहरूले ग्रुप फाइनलबाट क्वालीफाई गरेपछि अब स्पेनको तटीय शहरमा खेल्नेछन्। आयोजक स्पेनको भिडन्त नीदरल्याण्डसॅंग हुनेछ भने क्यानाडाको भिडन्त जर्मनीसॅंग हुनेछ। स्पर्धामा दुई एकल र एक युगल निर्णायक हुनेछ। अन्तिम आठ नकआउट राउण्ड 19-24 नोभेम्बरबीच पलासियो डी डेपोर्टेस जोस मारिया मार्टिन कार्पेनामा हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी