वैश्विक स्तरमा स्टक मार्केट्समा करेक्शन हुने आशंका, केन्द्र सरकारले गरायो सतर्क
वैश्विक स्तरमा स्टक मार्केट्समा करेक्शन हुने आशंका, केन्द्र सरकारले गरायो सतर्क


नयाँ दिल्ली, 27 सेप्टेम्बर (हि.स.)। पछिल्लो केही दिनदेखि विश्वभरिका अधिकांश स्टक मार्केटमा तीव्रता कायम रहेको कारणले स्टक मार्केटमा रिटेल इन्भेस्टर्सले व्यापक निवेश गरिरहेका छ्। यद्यपि रिटेल इन्भेस्टर्सले व्यापक रूपमा गरिरहेको निवेशको ट्रेण्डलाई लिएर भारत सरकारले चिन्ता व्यक्त गरेको छ। केन्द्र सरकारले वैश्विक स्तरमा स्टक मार्केट्समा सम्भावित करेक्शनको आशंका व्यक्त गरेको छ। यस्तो करेक्शन भए विशेष रिटेल इन्भेस्टर्समाथि सबैभन्दा अधिक प्रभाव पर्नसक्छ।

उल्लेखनीय छ, अमेरिका र चीन जस्ता विश्वकै दुई ठूला अर्थव्यवस्था भएको देशमा पनि अहिलेघरि ब्याज दरहरूमा कटौती गरिएको छ जसले गर्दा स्टक मार्केटमा पनि लिक्विडिटी बढ़ेको तथा तीव्रता कायम छ।दुनियाँका अन्य देशहरू सरह भारतमा पनि रिटेल इन्भेस्टर्सले अचानक आएको तीव्रताबाट प्रभावित भएर स्टक मार्केटमा व्यापक पैसा खर्चिरहेका छन्। यद्यपि यदि मार्केटमा करेक्शनको स्थिति उत्पन्न भए रिटेल इन्भेस्टर्सको ठूलो पूँजी डुब्नसक्छ।

फाइनेन्स मिनिस्ट्रीको गत अगस्त महिनाको मन्थली इकोनामिक रिभ्युमा भनिएको छ, केही देशहरूमा मनिटरी पोलिसी सम्बन्धि गरिएका घोषणाहरूको कारणले अति उत्साहमा ग्लोबल लेभलमा स्टक मार्केटमा तीव्रताको वातावरण सृजना भएको छ। यसले गर्दा विश्वभरि नै अधिकांश स्टक मार्केटमा करेक्शन हुने सम्भावना पनि प्रबल भएको छ। यदि जोखिम बढ़्यो भने यसको प्रभाव वैश्विक स्तरमा पनि देख्न पाइनेछ।

रिपोर्टमा स्पष्ट रूपमा उल्लेख गरिएको छ, वैश्विक स्तरमा स्टक मार्केटमा करेक्शन भइहाले घरेलु शेयर पनि प्रभावित हुनेछ ज सले गर्दा रिटेल इन्भेस्टर्सलाई व्यापक नोक्सानको सामना गर्नुपर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande