इटानगर, 10 जनवरी (हि.स.)। अरुणाचल प्रदेशका मुख्य सचिव मनीष कुमार गुप्ताले आज राजभवनमा अरुणाचल प्रदेशका राज्यपाल लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) केटी परनायकसॅंग भेट गरे। उनले राज्यका विकासात्मक प्रगतिमाथि चर्चा गरे।
राज्यपालले भने, केन्द्र र राज्य सरकारद्वारा प्रायोजित कार्यक्रम र नीतिहरूको नियमित निरीक्षण एवं समीक्षा गरिनु आवश्यक छ। उनले 2025 सम्म तपेदिकको उन्मूलनसहित प्रधानमन्त्रीद्वारा प्रतिबद्ध कार्यक्रमहरूको समीक्षाको उल्लेख गरे।
मुख्य सचिवले राज्यपाललाई सबै क्षेत्रहरूमा विकासलाई बढावा दिने प्रयासहरूको बारेमा जानकार गराए। यस उद्देश्यको पूर्तिका लागि 'सशक्त अरुणाचल' को कार्यान्वयनलाई सम्बोधित गर्न उपायुक्तहरूको एक सम्मेलनको योजना रहेको बताए।
राज्यपालले राज्यका प्रयासहरूको सराहना गरे। उनले मुख्य सचिवलाई आफ्नो भ्रमण अवधि अघि आएका विषयलाई सामेल गर्न आग्रह गरे।
हिन्दुस्थान समाचार / बिशाल