नेपाल-भारत वाणिज्य सचिव स्तरीय दुई दिवसीय बैठक काठमाण्डौंमा शुरू
नेपाल


काठमाण्डौं, 10 जनवरी (हि.स.)। नेपाल-भारत वाणिज्य सचिव स्तरीय बैठक शुक्रवारदेखि काठमाण्डौंमा शुरू भएको छ। यस बैठकमा दुवै देशबीच व्यापार तथा परिवहन सन्धिको समीक्षा गरी आवश्यक फेरबदल गर्नमाथि चर्चा गरिनेछ। आजदेखि शुरू भएको अन्तर सरकारी समूहको बैठकमा व्यापार तथा परिवहन सन्धिको समीक्षा गर्नु प्रमुख एजेन्डा हो।

यस बैठकको नेतृत्व भारतका वाणिज्य सचिव सुशील बरथवाल, जबकि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व वाणिज्य सचिव गोविन्द बहादुर कार्कीले गरिरहेका छन्। दुवै तर्फबाट वाणिज्यका अतिरिक्त अन्य सम्बन्धित विभागहरूका प्रतिनिधिहरू पनि उपस्थित छन्। व्यापार तथा परिवहन सन्धिको कुन प्रावधानहरूलाई बदली गर्नुछ, त्यसलाई लिएर दुवै पक्षबीच चर्चा गरिँदैछ।

नेपालको वाणिज्य मन्त्रालयका प्रवक्ता बाबूराम अधिकारीले भने, नेपालले भारतको तर्फबाट नेपाली उत्पादहरूको निर्यातमा लगाइएको रोकलाई हटाउने माग गरेको छ, जसमा भारतको तर्फबाट सकारात्मक रबैया देखिएको छ। नेपाल र भारतबीच अवैध व्यापारलाई रोक्न एक नयाँ समझौतामाथि बैठकको अन्तिम दिन शनिवार हस्ताक्षर गरिने तयारी पनि छ। यस समझौता अन्तर्गत चीनबाट नेपालको बाटो भारतमा हुने तस्करीलाई रोक्नको निम्ति कानूनी मान्यता प्राप्त हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande