मेदिनीपुर मेडिकल कलेजमा प्रसुताको मृत्युलाई लिएर विपक्षले राज्य सरकारलाई लक्षित गऱ्यो
मेदिनीपुर मेडिकल कलेजमा प्रसुताको मृत्युलाई लिएर विपक्षले राज्य सरकारलाई लक्षित गऱ्यो


मेदिनीपुर, 10 जनवरी (हि. स.)। मेदिनीपुर मेडिकल कलेजमा शुक्रवार बिहान एकजना प्रसुताको मृत्यु हुनका साथै चारजना प्रसुताहरूको अवस्था गम्भीर रहेको छ। यस मामिलालाई लिएर राजनीतिक जगतमा कोकोहोलो मच्चिएको छ। एकातिर जिल्ला स्वास्थ्य अधिकारी सौम्य शंकर सारंगीको दाबी छ, मेदिनीपुर मेडिकल कलेज एवं अस्पताल उनको हातमा छैन। त्यसैले यस घटनामाथि टिप्पणी गर्नुको कुनै अर्थ हुँदैन। तर जे भइरहेको छ त्यो अत्यन्त दुःखदायी छ।

अर्कोतिर विपक्षले यस मामिलालाई लिएर राज्य सरकारमाथि प्रहार गरेको छ। विपक्षको भनाइ छ, यो सरकारको पतनको समय नजिकिँदैछ। भाजपाका जिल्ला प्रवक्ता अरूप दासले भने, सम्पूर्ण स्वास्थ्य तन्त्र भ्रष्टाचार अनि कटमनीमाथि टिकेको छ। नत्र यी गर्भवती महिलाहरूलाई एक्सपारी तथा फंगस भएको स्लाइन कसरी दिइयो? यसले सरकारको दुर्दशालाई दर्शाउँछ।

यसरी नै माकपाका सिटी ईस्ट एरिया कमिटी सचिव कुन्दन गोपले भने, तृणमूल सरकारको पत्नको समय आइसकेको छ। पछिल्लो 14 वर्षदेखि कुनै एसएससी अभ्र्यर्थीको नियुक्ति गरिएको छैन। राज्यमा नोकरी छैन, गाउँका युवाहरू बेरोजगार छन्। उनीहरू नोकरी गर्नका लागि देशका विभिन्न क्षेत्रमा भौंतारिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande