
कोलकाता, 29 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीको प्रस्तावित दिल्ली भ्रमणलाई लिएर चर्को राजनीतिक प्रहार गरेका छन्। मङ्गलवार मुख्यमन्त्रीले आरोप लगाए, ममता ब्यानर्जी एक हातमा 'जमात' र अर्को हातमा 'बुद्धिमान नक्सल' लिएर अगाडि बढिरहेकी छन्।
मुख्यमन्त्रीले ममता वामपन्थी नेताहरूसँग मिलेर नयाँ षड्यन्त्र रच्नका लागि राष्ट्रिय राजधानी गइरहेको दाबी गरे। उनले दिल्ली पुलिस र इन्टेलिजेन्स ब्युरो (आईबी) लाई ममताका गतिविधिहरूमाथि कड़ा नजर राख्ने अपील समेत गरेका छन्।
मुख्यमन्त्रीको यस्तो तिखो प्रतिक्रिया यस्तो समयमा आएको छ जतिबेला विपक्षी गठबन्धन 'इण्डिया' -का नेताहरू मुख्य निर्वाचन आयोगको कार्यप्रणाली र मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर)- लाई लिएर मुख्य चुनाउ आयुक्त ज्ञानेश कुमारविरूद्ध लामबद्ध भइरहेका छन्।
यसै रणनीतिमाथि छलफल गर्नका लागि आगामी 30 सेप्टेम्बरमा दिल्लीको कन्स्टिट्युशन क्लबमा विपक्षी गठबन्धनको एउटा महत्त्वपूर्ण बैठक हुने भएको छ। ममता ब्यानर्जीले भारतीय कम्युनिस्ट पार्टी-मार्क्सवादी (सीपीआई-एम) का महासचिव एमए बेबी र कङ्ग्रेस नेता राहुल गान्धीसँग यस विषयमा कुरा गरेकी छन् भने बैठकमा उनले भाग लिने प्रबल सम्भावना छ।
राज्य भाजपाको मुख्यालयमा आयोजित जनता दरबार कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै शुभेन्दु अधिकारीले ममता ब्यानर्जीको वामपन्थीसँगको बढ्दो मित्रतामाथि कटाक्ष गरे। उनले भने, मानिसहरू पहिला पनि दिल्ली गइरहेकै हुन्, तर उनी सीपीआई (एम) नेताहरूसँग नयाँ षड्यन्त्र रच्नका लागि दिल्ली गइरहेकी छन्।
उनले भने, उनी दिल्ली पुलिस र केन्द्रिय गुप्तचर एजेन्सीहरूसित अनुरोध गर्दछन् कि उनीहरूले उनीहरूमाथि कड़ा नजर राखुन् ताकि कुनै पनि राष्ट्रविरोधी शक्तिसँग फेरि गोप्य बैठक हुन नसकोस्। उनले आरोप लगाए, पूर्व मुख्यमन्त्रीका मुख्य सल्लाहकार अहिले दिमागी-नक्सल बनेका छन् भने उनी जमात र दिमागी-नक्सली, दुवैलाई साथमा लिएर गइरहेकी छन्।
पश्चिम बङ्गालमा दशकौँदेखि एका अर्काको कटु प्रतिद्वन्द्वी रहेको तृणमूल कङ्ग्रेस र सीपीआई (एम) बीचको यस असामान्य राजनीतिक तालमेलले बङ्गालको राजनीतिक तापमान बढाएको छ। अक्टोबर 6 -मा नन्दीग्राम र रेजिनगर विधानसभा सीटमा हुन गइरहेको उपचुनाउअघि राजनीतिक झड़पहरू बढ़ेका छन्। निर्वाचन आयोगभित्र मतभेद भएको खबरपछि विपक्षी दलहरूले निर्वाचन प्रक्रियाको गहन जाँचको माग गर्दै आएका छन् जसका लागि माकपा नेता एमए बेबीले गैर-एनडिए दलहरूसित व्यापक सहयोग मागेका छन्।
अदालतको निर्णयमा खुशी व्यक्त गर्दै मुख्यमन्त्री शुभेन्दु अधिकारीले भने, एउटा साइनबोर्ड पार्टी तथा तृणमूल कङ्ग्रेसद्वारा नन्दीग्रामकी भाजपा उम्मेद्वारविरुद्ध दर्साता गरियो। आधारहीन चायिका खारेज हुनु पार्टीको लागि ठूलो जीत हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा