घैयाबारीमा भइरहेको फुटबल टुर्नामेन्टमा उदय संघ घैयाबारी सेमिफाइनलमा प्रवेश 
घैयाबारीमा भइरहेको फुटबल टुर्नामेन्टमा उदय संघ घैयाबारी सेमिफाइनलमा प्रवेश


खरसाङ, 14 जनवरी (हि.स.)। घैयाबारीमा आयोजना भइरहेको नगदराशि फुटबल टुर्नामेन्टमा सेमिफाइनलमा पुग्ने तेस्रो टिम बनेको छ उदय संघ घैयाबारी। घैयाबारी स्पोर्ट्स एसोसिएशनको आयोजनामा घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा भइरहेको टुर्नामेन्ट अन्तर्गत मंगलवार उदय संघ घैयाबारी र सिविटार युनाइटेडमाझ तेस्रो क्वार्टर फाइनल खेल सम्पन्न भयो।

यो खेल एकदमै रोमाञ्चक भएको थियो‌। यस खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेन। दोस्रो हाफको खेलमा पनि दुवै दलले कुनै गोल गर्न सकेन। निर्धारित समयसम्म पनि कुनै गोल हुन नसकेपछि अन्त्यमा पेनल्टी सुट आउटद्वारा विजेता दल चयन गरियो। यद्यपि, पहिला 5-5 पेनल्टी र यसपछि 2-2 पेनल्टी पनि बराबर भएपछि अन्तिमपल्टको पेनल्टीमा उदय संघ घैयाबारीले सिविटारलाई पराजित गऱ्यो। यस खेलमा म्यान अफ् द म्याच उदय संघ घैयाबारीका राहुल थापा चयन भएका छन्।

आजको खेलमा मुख्य अतिथिको रुपमा प्रसाद शंकर, विशिष्ट अतिथिको रुपमा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, शिक्षक बिपन विश्वकर्म लगायत अन्यहरु उपस्थित रहेका थिए। अब बुधवार चौथो क्वार्टर फाइनल खेल एक्का ट्रायल र दुधे एफसीमाझ सम्पन्न हुनेछ।

यस खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै दावा वाङ्दी लामाले यस नगदराशि फुटबल टुर्नामेन्टको दुईवटा सेमिफाइनल खेल आगामी 18 र 19 जनवरीमा‌ हुने अनि फाइनल खेल आगामी 26 जनवरीमा हुने जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande