सोनादा, 14 जनवरी (हि.स.)। रंगबुल धोतरिया रगंमुक समष्टि अन्तर्गत रगंमुक चियाबारीको कारखानादेखि चन्द्रमानधुरा हुँदै मिलिङ चियावारीसम्म पुग्ने सडकको निर्माण कार्य युद्ध स्तरमा भइरहेको छ। वर्षौदेखि यहाँका ग्रामवासीले सडक निर्माणको निम्ति दार्जिलिङ गोर्खा पार्वत्य परिषददेखि पहिलो गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनसम्म आइपुग्दा अनेकौ ज्ञापनहरु सुम्पिन्दा पनि सडक निर्माण हुन सकेको थिए। तर, वर्तमान गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापा अनि क्षेत्रीय सभासद एवं डेपुटी चेयरम्यान राजेस चौहानले सक्रियतामा सडक निर्माण भइरहेकोमा मानिसहरूले खुशी एवं कृतज्ञता प्रकट गरेका छन्।
उक्त रोडको निर्माण कार्य अहिले युद्ध स्तरमा भइरहेको छ। यसै निर्माणाधीन अवस्थामा रहेको रोडको क्षेत्रीय सभासद एवं जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले निरीक्षण भ्रमण गरेका छन्। उक्त निरीक्षण भ्रमण अवधि उनले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, '2022 मा जीटीएको चुनाउमा म प्रार्थी भएर आएको बेला यस क्षेत्रमा रोड निर्माणको लागि वचन दिएको थिए। त्यसै अनुरुप चुनाउ जितेर यो रोड निर्माणको लागि पहल गरिएको छ। मिलिङ चियाबारीदेखि चन्द्रमानधुरा भएर रंगमुक चियाबारी पुग्ने रोडको निर्माण कार्य युद्ध स्तरमा चलिरहेको छ।'
उनले यो रोड कुनै राजनीतिक द्वेष नराखी निर्माण भइरहेको र यसमा जीटीए चिफ् अनित थापाको पहल र सहयोग रहेको बताएका छन्। उनले यस रोडको निर्माण कार्य कार्य अब आगामी 4-5 महिनापछि पूरा हुने बताउँदै यसबाहेक पनि समष्टिको अन्य स्थानहरुमा पनि रोड निर्माणको कार्य शुरु हुने बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक