खरसाङ, 14 जनवरी (हि.स.)। खरसाङमा आगामी 24 देखि 26 जनवरीसम्म हुने वाइट अर्किड फेस्टिभल अन्तर्गत आगामी 26 जनवरीको दिन खुल्ला म्याराथनको पनि आयोजना गरिने भएको छ। मंगलवार खरसाङमा आयोजक समितिले एक पत्रकार सम्मेलनमा उक्त जानकारी गराएको छ।
खरसाङ वाइट अर्किड फेस्टिभल अन्तर्गत म्याराथन आयोजकको पक्षबाट सभापति निर्मल गुरुङले 26 जनवरीमा खुल्ला म्याराथनको आयोजना गरिने र यसमा सहभागी बन्न इच्छुक व्यक्तिहरुले नि:शुल्क भाग लिन सक्ने बताए। उनले बताए अनुसार, उक्त म्याराथन अन्तर्गत 5 किलोमिटरको म्याराथन गिद्ध पहाडस्थित भ्यु पोइन्टबाट शुरु गरिने अनि 10 किलोमिटरको म्याराथन महानदीदेखि शुरु हुने र खरसाङको मन्टिभियट खेल मैदानमा समाप्त हुनेछ।
उनले यो म्याराथनमा भाग लिन चाहनेहरुले आगामी 24 जनवरीभित्र आफ्नो नाम दर्ता गराउनु पर्ने अनुरोध पनि गरेका छन्। यसका लागि सबैले खरसाङ बजारको हिल कार्ट रोडमा फारम भर्न र नाम बुझाउन सक्ने जानकारी गराए। उनले अनलाइन पनि नाम दर्ता गराउन सकिने बताए।
खरसाङ वाइट अर्किड फेस्टिभल विषयमा आयोजक समितिका सदस्य डेभिस छेत्रीले आगामी 24 देखि 26 जनवरीसम्म खरसाङमा वाइट अर्किड फेस्टिभल आयोजना गरिने बताए। यसै फेस्टिभल अन्तर्गत 26 जनवरीमा म्याराथनको पनि आयोजना गरिने बताए। उक्त पत्रकार सम्मेलनमा खरसाङ वाइट अर्किड फेस्टिभल अन्तर्गत म्याराथन आयोजकको तर्फबाट सल्लाहकार मोहन योञ्जन र बीरबल पाख्रिन पनि उपस्थित रहेका थिए।
हिन्दुस्थान समाचार / हनोक