नयाँ दिल्ली, 21 जनवरी (हि.स.)। राष्ट्रपति भवनको अमृत उद्यान 2 फरवरीदेखि 30 मार्चसम्म आम जनताको निम्ति खुल्ला रहनेछ। मानिसहरू हप्तामा छह दिन बिहान 10 बजीदेखि साझँ 6 बजीबीच उध्यान जान सक्नेछन्। हप्तामा एक दिन प्रत्येक सोमवार उद्यान देखऱेखको निम्ति बन्द रहनेछ।
राष्ट्रपति भवनको तर्फबाट मंगलवार जारी बयान अनुसार, उद्यान 05 फरवरीमा दिल्ली विधानसभा चुनाउको निम्ति 20 एवं 21 फरवरीमा राष्ट्रपति भवनमा आगन्तुकहरूको सम्मेलन तथा 14 मार्चमा होलीको कारण बन्द रहनेछ।
सबै आगन्तुकहरूका लागि प्रवेश र निकास राष्ट्रपति भवनको गेट नम्बर 35 बाट हुनेछ। यो गेट नर्थ एवेन्यूदेखि राष्ट्रपति भवन नजिक छ। आगन्तुकहरूको सुविधाको निम्ति, केन्द्रिय सचिवालय मेट्रो स्टेशनदेखि गेट नम्बर 35 सम्म शटल बस सेवा बिहान 9.30 देखि साझँ 6 बजीबीच हरेक 30 मिनटमा उपलब्ध हुनेछ। अमृत उद्यान चार दिन विशेष श्रेणीहरूको निम्ति खोलिनेछ। यसमा 26 मार्चमा दिव्यांग व्यक्तिहरूका लागि, 27 मार्चमा रक्षा, अर्धसैनिक एवं पुलिस बलहरूका कर्मीहरू, 28 मार्चमा महिलाहरू र आदिवासी महिला एसएचजीका लागि र 29 मार्चमा वरिष्ठ नागरिकहरूका लागि आरक्षित छ।
गार्डनमा बुकिङ र प्रवेश निःशुल्क छ। अनलाइन बुकिङ राष्ट्रपति भवनको आधिकारिक वेबसाइटमा जारी गर्नसकिन्छ। वक-इन आगन्तुकहरूले राष्ट्रपति भवनको गेट नजिक सुविधा काउन्टर वा स्वयं सेवा कियोस्कमा आफ्नो पंजीकरण गराउनुपर्नेछ। राष्ट्रपति भवनले 6-9 मार्चसम्म अमृत उद्यानको हिस्साको रूपमा विविधताको अमृत महोत्सव पनि आय़ोजित गर्नेछ। यस वर्षको महोत्सवमा दक्षिण भारतको समृद्ध सांस्कृतिक विरासत र अनौठो परम्पराहरूको प्रदर्शन गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी