नयाँ दिल्ली, 04 जनवरी (हि.स.)। कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले देशका प्रख्यात वैज्ञानिक एवं पद्म विभूषणले सम्मानित डा. राजगोपाल चिदम्बरमको निधनमा गहिरो शोक व्यक्त गरेका छन्।
खरगेले यहाँ जारी शोक सन्देशमा भनेका छन्, डा. राजगोपालले 16 वर्षसम्म भारत सरकारको प्रधान वैज्ञानिक सल्लाहकारको रूपमा कार्य गरे र ऐतिहासिक पोखरण-1 र पोखरण- 2 परमाणु परीक्षणहरू सहित भारतको परमाणु कार्यक्रममा महत्वपूर्ण योगदान दिए। भाभा एटोमिक रिसर्च सेन्टर (बीएआरसी) को निदेशकको रूपमा उनले सुपर-कम्प्यूटरहरूको विकासको पहल र पछि 2010 मा भारतमा लगभग 1,500 शैक्षणिक र अनुसन्धान संस्थानहरूलाई जोड्न हाई-स्पीड 'राष्ट्रिय ज्ञान नेटवर्क' को अवधारणा बनाउनमा महत्वपूर्ण भूमिका निभाए।
कांग्रेस अध्य़क्षले भने, राष्ट्र यस शानदार वैज्ञानिक दिमागको धेरै ठूलो ऋणी छ र हामी उनको महत्वपूर्ण योगदानाई सदैव साँचेर राख्नेछौं। उनको परिवार, सहकर्मीहरू र पूरा वैज्ञानिक समुदायप्रति मेरो गहिरो समवेदना।
उल्लेख्य, डा. राजगोपाल चिदम्बरमको मुम्बईको जसलोक अस्पतालमा आज बिहानै 3.20 बजी 88 वर्षको आयुमा निधन भयो।
हिन्दुस्थान समाचार / भवानी थामी