जम्मू रेलवे डिवीजनको उद्घाटनलाई डा. जितेन्द्र सिंहले बताए एतिहासिक माइलखुट्टी
जम्मू रेलवे डिवीजनको उद्घाटनलाई डा. जितेन्द्र सिंहले बताए एतिहासिक माइलखुट्टी


जम्मू, 06 जनवरी (हि.स.)। प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्री डा. जितेन्द्र सिंहले सोमवार जम्मू सम्भागमा भारतीय रेलवेमा एक नयाँ अध्यायको उद्घाटनलाई ऐतिहासिक माइलखुट्टी बताउँदै यो कश्मीरका ग्रामीण क्षेत्रहरूको व्यापक विकासको निम्ति महत्वपूर्ण प्रमाणति हुनेछ भनेका छऩ्। डा. सिंहले यस उपलब्धीसम्म पुग्ने लामो यात्राबारे याद दिलाए कि यस रेलवे स्टेशनमा पहिलो ट्रेन पाँच दशक अगाड़ी 1972 मा आएको थियो।

उनले सोधे, के यो प्रशासनिक अक्षमता, राजनीतिक इच्छाशक्तिको कमी वा रेल सम्पर्कको माध्यमले कश्मीरलाई बाकी भारतको साथ जोड्ने विरोध केही तत्वहरूको कारण थियो ? डा. सिंहले यस दृष्टिलाई वास्तविकतामा परिणत गर्ने श्रेय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वलाई दिए। उनले भने, शायद यो नियति थियो कि हामीलाई य़स क्षणको साक्षी बन्न पीएम मोदी नेतृत्वमा आउञ्जेलसम्म 50 वर्षभन्दा अधिक समय कुर्नुपऱ्यो। उनको मार्गदर्शनमै यो सपना पूरा भएको छ, जसलाई पहिले असम्भव मानिन्थ्यो।

उनले मोदी कार्यकालमा उठाइएका शुरूआती कदमहरूलाई याद गरे, जसमा 2014 मा कटरा रेलवे स्टेशनमा एक महत्वपूर्ण सार्वजनिक कार्यक्रम पनि सामेल थियो। उनले भने, तकनीकी मुद्दाहरू, बदलिँदो प्राथमिकताहरू र सरकारमा बदलावको कारण चुनौतीहरू भएपनि मोदीको प्रशासनमा प्रगति नयाँ जोशको साथ फेरि शुरू भयो। डा. सिंहले जोड दिँदै भने, यसले क्षेत्रको निम्ति विकासको नयाँ क्षितिज खोल्नेछ। यो न केवल कश्मीर तर भारतीय रेलवेको निम्ति पनि एक एतिहासिक दिन हो किनभने यो एक यस्तो सपना पूरा भएको प्रतीक हो, जुन पहिले असम्भव लाग्थ्यो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande