केन्द्रिय गृह मन्त्री शाहले भारतपोल पोर्टल लाञ्च गरे
केन्द्रिय गृह मन्त्री शाहले भारतपोल पोर्टल लाञ्च गरे


नयाँ दिल्ली, 07 जनवरी (हि.स.)। केन्द्रिय गृहमन्त्री मित शाहले आज मंगलवार भारतपोल पोर्टललाई देशको अन्तरराष्ट्रिय जाँचको निम्ति एक नयाँ युगमा जाने शुरूआत गर्दै अब विदेश भागिसकेका अपराधीहरूलाई समाउन सजिलो हुनेछ भनेका छन्। देशको प्रत्येक एजेन्सी र सबै राज्यहरूको पुलिस इन्टरपोलसित जोड़िएर सठीक विश्लेषण र समन्वयले अपराधहरूको सामना गर्नमा सक्षम बन्नेछ, उनले भने।

केन्द्रिय गृहमन्त्री दिल्लीको भारत मण्डपममा केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) द्वारा विकसित भारतपोल पोर्टलको शुभारम्भ गरेपछि कार्यक्रमलाई सम्बोधित गरिरहेका थिए। यस अवधि उनले 35 सीबीआई, अधिकारीहरू, कर्मचारीहरूवाई विशिष्ट सेवाको निम्ति राष्ट्रपति पुलिस पदक र जाँचमा उत्कृष्टताको निम्ति केन्द्रिय गृह मन्त्री पदकले सम्मानित गरे।

भारतमा अपराध गरी विदेश भाग्ने अपराधीहरूलाई लिएर केन्द्रिय गृहमन्त्रीले भऩे, धेरै अपराधीहरूले विश्वका अलग-अलग देशहरूमा बसेर भारतमा अपराधलाई अन्जाम दिएका छन् या फेरि अपराध गरी विदेश भागेका छन्, जसले गर्दा उनीहरू हाम्रो कानूनको पहुँचदेखि बाहिर रहेका छन्। अब आधुनिक व्यवस्थाहरूको उपयोग गरी कानूनको पहुँचदेखि बाहिर रहेका विदेशमा बसेका अपराधीहरू र भारतमा अपराध गरी विदेश भागेका अपराधीहरूलाई भारतपोलको माध्यमले देशमा ल्याउनु र उनीहरूमाथि कानूनी कारबाही गर्नु सजिलो हुनेछ। आपराधिक न्याय प्रणालीमा ट्रायल यी एसेन्सिया (अनुपस्थितिमा मुकदमा) को एक नयाँ प्रावधान जोड़िएको छ। यसको माध्यमले एक न्यायिक प्रक्रियापछि यसलाई पूरा गरी कोर्टको आदेशको साथ उनीहरूको अनुपस्थितिमा यसमा ट्रायल चलाउनु सजिलो हुनेछ। यदि अपराधीहरूले सजाय पाए, विदेशहरूबाट भारत ल्याउनमा सजिलो हुनेछ। अहिलेसम्म सीबीआई एकमात्र एजेन्सी थियो, जो इन्टरपोलको साथ काम गर्थ्यो, तर अब भारतपोलको शुभारम्भको साथ प्रत्येक भारतीय एजेन्सी र सबै राज्यहरूका पुलिस सजिलै इन्टरपोसको साथ जोड़िएर प्रत्येक सठीक विश्लेषण र समन्वयले अपराधहरूको सामना गर्नमा सक्षम बन्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande