भुवनेश्वरमा 18औं प्रवासी भारतीय दिवस सम्मेलनको शुरूआत
भुवनेश्वरमा 18औं प्रवासी भारतीय दिवस सम्मेलनको शुरूआत


भुवनेश्वर, 08 जनवरी (हि.स.)। तीन दिवसीय 18औं प्रवासी भारतीय दिवस सम्मेलन बुधवार भुवनेश्वरको जनता मैदाना धूमधामले शुरू भयो। यस सम्मेलनको उद्घाटन ओडिशाका मुख्यमन्त्री मोहन चरण माझी, विदेश मन्त्री डा. एस जयशंकर र केन्द्रिय खेल एवं युवा मामिलाहरूका मन्त्री डा. मनसुख मण्डावियाले दियो बालेर गरे। उद्घाटन सत्रको शीर्षक ‘युवा प्रवासी भारतीय दिवस’ थियो।

उद्घाटन सत्रमा डा. मण्डावियाले प्रवासी भारतीय समुदायसित आफ्नो अनुभवहरू र विशेषज्ञता उपयोग भारतलाई विकसित राष्ट्र बनाउनमा गर्ने अपील गरेका छऩ्। उनले भऩेका छन्, प्रवासी भारतीय विदेशहरूमा भारतको सांस्कृतिक र आर्थिक राजदूत हुन् र उनीहरूको भूमिका भारतको विकासमा अत्यधिक महत्वपूर्ण छ। उनले प्रवासी समुदायलाई उनीहरूको प्रयास र योगदानको निम्ति धन्यवाद टक्राउँदै भने, उनीहरूको मेहनत र नवाचारले अन्तरराष्ट्रिय स्तरमा भारतको छविलाई मजुबत गरेको छ। उनले प्रवासी भारतीयहरूसित आ-आफ्नो क्षेत्रहरूमा अर्जित ज्ञान र अनुभवहरूलाई भारतमा साझा गर्ने र यहाँका युवाहरूलाई प्रेरित गर्ने आग्रह गरे।

डा. माण्डवियाले भनेका छन्, हाम्रो लक्ष्य भारतलाई एक विकसित राष्ट्र बनाउनु हो। यो केवल सरकारको दायित्व नभएर हरेक भारतीयको कर्तव्य हो। तपाई सबैले आफ्नो अनुभवहरू र संसाधनहरूको माध्यमले भारतको विकासमा महत्वपूर्ण भूमिका निभाउन सक्छऩ्।

उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीले 11-12 जनवरीमा राष्ट्रिय युवा महोत्सवमा युवाहरूको साथ संवाद गर्नेछन् औं आफ्नो अनुभव साझा गर्नेछन्। प्रधानमन्त्रीले यस अवसरमा विकसित भारतको आफ्नो योजनामाथि चर्चा गर्नेछन् औं युवाहरूलाई यससित जोड्ने अपील गर्नेछऩ्। प्रधानमन्त्री मोदीको सपना 140 करोड़ भारतीयहरूलाई साथमा लिएर देशलाई विकसित बनाउनु हो। यस महोत्सवले युवाहरूलाई प्रेरित गर्नेछ र उनीहरूलाई राष्ट्रिय विकासमा आफ्नो भूमिका निभाउने अवसर दिनेछ।

तीन दिवसीय यो सम्मेलन ओडिशा सरकार र केन्द्रिय खेल एवं युवा मामिलाहरूको मन्त्रालयको संयुक्त प्रय़ासमा आय़ोजित गरियो। बुधवार अन्य कार्यक्रमहरूमा ‘बियोन्ड बर्डर्स: डायस्पोरा यूथ लीडरशिप इन ए ग्लोबलाइज्ड वर्ल्ड’ माथि पहिलो प्लेनरी सत्र र ‘विदेश मामिलाहरूको मन्त्रालय र ओडिशाबीच संयुक्त व्यापार सत्र’ सामेल छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande