नयाँ दिल्ली, 09 जनवरी (हि.स.)। केन्द्रिय गृह मन्त्रालय (एमएचए) ले सबै राज्यहरू र केन्द्र शासित प्रदेशहरू (यूटी) लाई टीबी उन्मूलन अभियानलाई लिएर चिट्ठी लेखेको छ। यस राज्यहरूलाई भारतबाट यस रोगलाई समाप्त गर्ने केन्द्र सरकारको प्रतिबद्धता अन्तर्गत जेलहरू र सुधार संस्थानहरूमा टीबी उन्मूनमाथि 100 दिनको गहन अभियान आयोजित गर्नु भनिएको छ।
एमएचएले सबै राज्यहरू र केन्द्र शासित प्रदेशहरूका प्रधान सचिव (गृह/जेल), डीजी-आईजी जेललाई टीबी उन्मूलनमा 100 दिवसीय सघन अभियान आयोजित गर्नको निम्ति लेखिएको चिट्टीमा भनिएको छ, तपाईलाई थाहै छ, टीबी जेलहरूमा एक महत्वपूर्ण सार्वजनिक स्वास्थ्य चिन्ताको विषय हो किनभने जेलहरूमा बन्द सेटिङ र भीड़भाड़ रहने क्षेत्रहरूमा टीबी संक्रमणको निम्ति प्रजनन स्थल बन्ने सम्भावना छ, जसबाट कैदीहरूको जनसंख्यामा रोगको बोझ बढ्छ र कैदीहरूको रिहाईपछि र उनीहरूको आगन्तुकहरूको साथ कुराकानीको अवधि सार्वजनिक स्वास्थ्यको निम्ति जोखिम उत्पन्न हुन्छ। अपर्याप्त जाँच र जागरूकताको कमीलाई जेलहरूभित्र टीबीलाई नियन्त्रित गर्नमा प्रमुख चुनौतीहरूको रूपमा हेरिन्छ।
चिट्ठीमा भनिएको छ, भारतमा टीबीलाई समाप्त गर्ने आफ्नो प्रतिबद्धताको हिस्साको रूपमा भारत सरकारले हालमा टीबी उन्मूलनमाथि 100 दिवसीय गहन अभियान शुरू गरेको छ, जुन 07 दिसम्बर 2024 मा शुरू भयो। यो राष्ट्रव्यापी पटल टीबीलाई समाप्त गर्ने सार्वजनिक स्वास्थ्यमा सुधार गर्ने भारत सरकारको प्रतिबद्धताको एक महत्वपूर्ण हिस्सा हो, जसको परिणामस्वरूप मृत्यु दरमा कमी आएको छ। जेलहरूभित्र टीबीको प्रसारलाई प्रभावी तरीकाले नियन्त्रित गर्न र रोक्नको निम्ति 100 दिवसीय गहन अभियान अन्तर्गत 3 देखि 15 फरवरीको अवधि राज्य स्वास्थ्य, राज्य टीबी अधिकारीहरू र जिल्ला टीबी अधिकारीहरूको परामर्शले सबै जेलहरूमा स्क्रीनिङ क्याम्प (निक्षय शिविर) आयोजित गरोस्। यस बाहेक 27 जनवरीदेखि 2 फरवरीबीच नि-क्षय शपथ (प्रतिज्ञा) दिलाओस्। सबै जिल्लाहरू र कार्य़ालयहरू र संगठनहरूमा सूचना, शिक्षा र संचार (आईईसी) सामग्रीको प्रदर्शन गरियोस्। जेलहरू र सुधार संस्थानहरूका कर्मचारीहरूमा क्षय रोगबारे जागरूकता बढ़ाओस्।
हिन्दुस्थान समाचार / भवानी थामी