नयॉं दिल्ली, 09 जनवरी (हि.स.)। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शुक्रवार प्रयागराजमा आकाशवाणीको विशेष 'कुंभवाणी' च्यानल (एफएम 103.5 मेगाहर्ट्ज) र 'कुंभ मंगल' धुन लोकार्पण गर्नेछन्।
कुंभ अवधि आकाशवाणीको कुंभवाणी च्यानलले प्रयागराजमा आयोजन गरिने विविध कार्यक्रमहरूको जनकारी देश एवं विदेशसम्म पुऱ्याएर महाकुम्भको परम्परालाई बढावा दिनेछ र श्रद्धालुहरूसम्म महत्वपूर्ण जानकारी पुऱ्याउने छ। यस ऐतिहासिक अवसरमा केन्द्रिय सूचना एवं प्रसारण राज्यमन्त्री डा. एल. मुरुगन पनि अनलाइन माध्यमद्वारा कार्यक्रममा सामेल हुनेछन्।
सूचना एवं प्रसारण मन्त्रालय अनुसार, लोकसेवा प्रसारक प्रसार भारतीको यो पहलले भारतमा आस्थाको ऐतिहासिक परम्परालाई बढावा दिनुका साथै श्रद्धालुहरूलाई महत्वपूर्ण जानकारी पनि प्रदान गर्नेछ। श्रद्धालुहरूले आफ्नो घरमा बसेर सांस्कृतिक कार्यक्रमहरूको आनन्द उठाउन सक्नेछन्।
कुंभवाणी च्यानल 10 जनवरीदेखि 26 फरवरीसम्म प्रसारित गरिने छ। हरेक दिन बिहान 5:55 बजीदेखि राति 10:05 बजीसम्म सेवा प्रदान गरिने छ। यस अवधि मुख्य स्नान पर्व (14 र 29 जनवरी, 3 फरवरी) बारे विस्तृत जानकारी प्रसारित गरिने छ।
कुम्भ क्षेत्रका गतिविधिहरूमाथि हरेक दिन लाइभ रिपोर्टिङका साथै सांस्कृतिक धरोहरमाथि विशेष प्रस्तुति:
धारावाहिक 'शिव महिमा' र भारतीय सांस्कृतिक धरोहरमाथि आधारित विशेष कार्यक्रम प्रसारित गरिने छ। उक्त कार्यक्रमहरूका साथै युवा, महिला र अन्तरराष्ट्रिय आगन्तुकहरूमाथि विशेष प्रस्तुति, यात्रा, स्वास्थ्य, स्वच्छता आदि विषयहरूमा जानकारी पनि प्रदान गरिने छ।
आकाशवाणीले सदैव एक लोक प्रसारकको भूमिका निर्वाह गर्दै भारतीय सांस्कृतिक धरोहर र परम्पराहरूलाई बढावा दिएको छ। वर्ष 2013 को कुम्भ र 2019 को अर्ध कुभमा कुंभवाणी च्यानलले श्रोताहरूबीच लोकप्रियता अर्जित गरेको थियो। सोही परम्परालाई अगाडि बढाउॅंदै महाकुम्भ 2025 को निम्ति यो विशेष च्यानल पुन: स्थापित गरिने छ।
यस कार्यक्रममा प्रसार भारतीका अध्यक्ष डा. नवनीत कुमार सहगल, मुख्य कार्यकारी अधिकारी गौरव द्विवेदी, आकाशवाणीकी महानिदेशक डा. प्रज्ञा पालीवाल, दूरदर्शनकी महानिदेशक कंचन प्रसाद र अन्य वरिष्ठ अधिकारीहरू उपस्थित रहनेछन्।
हिन्दुस्थान समाचार / बिशाल