नयाँ दिल्ली, 09 जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिवार ओडिशाको राजधानी भुवनेश्वरमा 18औं प्रवासी भारतीय दिवस (पीबीडी) सम्मेलनको उद्घाटन गर्दै गत 10 वर्षमा अन्य देशले भारततिर हेर्न थालेको भनेका छऩ्। भारतको कुरा आज विश्वले ध्यान लाएर सुन्छ, उनले भने।
विदेश मन्त्रालय र ओडिशा सरकारद्वारा संयुक्त रूपमा आयोजित तीन दिवसीय प्रवासी भारतीय दिवस सम्मेलनको थीम ‘विकसित भारतको संकल्पनामा प्रवासी भारतीयहरूको योगदान’ राखिएको छ। प्रधानमन्त्रीले यस अवसरमा प्रवासी भारतीय एक्सप्रेसलाई हरियो झण्डा देखाएर प्रस्थान गराए। यो प्रवासी भारतीयहरूका लागि एक विशेष पर्यटक ट्रेन हो। यस बाहेक प्रधानमन्त्रीले केन्द्र र राज्यका मन्त्रालयहरू र विभागहरूको चार प्रदर्शनीहरू र प्रचार स्टलहरूको उद्घाटन गरे।
समारोहमा प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनको शुरूआत भगवान जगन्नाथ र भगवान लिंगराजको पावन धऱतीमा पूरा विश्वासले आएका आफ्नो भारतवंशी परिवारको स्वागत गरी गरे। उनले भने, यो भारतमा जीवन्त उत्सवहरू र समारोहरूको समय हो। केही दिनमै प्रय़ागराजमा महाकुम्भ शुरू हुनेछ, मकर संक्रान्ति, लोहड़ी, पोंगल र माघ बिहूको चाँड़ पनि आउनेछ। हरेक ठाउँ खुशीको माहोल छ। यस बाहेक 1915 मा यही दिन महात्मा गान्धी लामो समयसम्म विदेशमा रहेपछि भारत फर्केका थिए। यस्तो अद्भुत समयमा भारतमा तपाईको उपस्थिति उत्सवको भावनालाई अझ् बढ़ाइरहेको छ।
भारतमा आर्थिक विकासको निम्ति केन्द्र सरकारको प्रय़ासहरूको सराहना गर्दै प्रधानमन्त्रीले भने, मात्र 10 वर्षमा भारतमा 25 करोड़ मानिस गरीबीदेखि बाहिर आइसकेका छन्। केवल 10 वर्षमा भारत विश्वको 10औं देखि 5औं सबैभऩ्दा ठूलो अर्थव्यवस्था बनेको छ। त्यो दिन टाढ़ा छैन जब भारत तेस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था बन्नेछ। भारतको सफलतालाई आज विश्वले देखिरहेको छ। जब चन्द्रयान शिव शक्ति बिन्दूमा पुग्यो तब हामी गौरवान्वित भयौं। आज भारतको हरेक सेक्टर आकाश छुन अगाड़ी बढ़िरहेको छ। 21औं शताब्दीको भारत, आज जुन गतिले अगाड़ी बढ़िरहेको छ, जुन स्केलमा आज भारतमा विकास भइऱहेको छ त्यो अभूतपूर्व हो।
उनले भने, भारत कौशल सम्पन्न युवाहरूले भरेको देश हो। भारतको तीव्र कौशल र आर्थिक विकासलाई विश्वभरि देखिँदैछ। आजको भारत, आफ्नो पक्ष त मजबुतले राख्छ नै साथ ग्लोबल साउथको आवाजलाई पनि पूरा शक्तिको साथ उठाउँछ। विश्वमा जब तलवारको बुतामा साम्राज्य बढ़ाउने समय थियो तब हाम्रा सम्राट अशोकले यहाँ शान्तिको बाटो रोजेका थिए। हाम्रो विरासतको यो त्यही बल हो, जसको प्रेरणाले आज भारत, विश्वलाई भन्नसक्छ कि भविष्य युद्धमा होइन, बुद्धमा छ।
हिन्दुस्थान समाचार / भवानी थामी