उदयपुरमा चिन्तन शिविरको केन्द्रिय महिला विकास मन्त्रीले शुभारम्भ गर्ने
उदयपुरमा चिन्तन शिविरको केन्द्रिय महिला विकास मन्त्रीले शुभारम्भ गर्ने


नयाँ दिल्ली, 09 जनवरी (हि.स.)। केन्द्रिय महिला एवं बाल विकास मन्त्रालयले 10 देखि 12 जनवरीसम्म राजस्थानको उदयपुर शहरमा एक चिन्तन शिविरको आयोजना गरिरहेको छ। यस तीन दिवसीय शिविरमा देशभरिमा महिलाहरू र नानीहरूको समग्र विकास एवं कल्याणसित जोड़िएका चुनौतीहरूको सामना गर्ने विभिन्न मुद्दाहरूमाथि चर्चा हुनेछ औं यी चुनौतीहरूको सामना गर्न सर्वोत्तम सम्भव समाधान निकालिनेछ।

बिहिवार मन्त्रालयले भन्यो, यस कार्य़क्रमको केन्द्रिय महिला एवं बाल विकास मन्त्री अन्नपूर्णा देवीले उद्घाटन गर्नेछिन् र चर्चामा सामेल हुनेछिन्। यस अवसरमा केन्द्रिय महिला एवं बाल विकास राज्यमन्त्री सावित्री ठाकुरले मन्त्रालयको पहलहरूमाथि अद्यतन जानकारी साझा गर्नेछिन्। यस कार्यक्रममा राजस्थानका मुख्यमन्त्री भजन लाल शर्मा, राजस्थानकी उपमुख्यमन्त्री दीया कुमारी र राज्यहरू तथा केन्द्र शासित प्रदेशहरूका महिला एवं बाल विकास विभागहरूका मन्त्री पनि सामेल हुनेछन्।

यस कार्यक्रममा मन्त्रालयका प्रमुख पहलहरूमाथि ध्यान केन्द्रित गर्ने धेरै महत्वपूर्ण सत्रहरूमा मिशन वात्सल्य, मिशन शक्ति र मिशन सक्षम आंगनवाड़ी र पोषण 2.0 सामेल छन्। यी सत्रहरूको उद्देश्य महत्वपूर्ण मुद्दाहरूको समाधान निकाल्नु र भारतमा महिलाहरूको कल्याण र नानीहरूको विकासलाई मजबुत बनाउन भविष्यको मार्ग प्रशस्त गर्नु हो।

यस कार्यक्रममा विभिन्न राज्यहरू र केन्द्र शासित प्रदेशहरूको तर्फबाट सर्वोत्तम अभ्यास प्रस्तुतिहरू दिइनेछ। यी प्रस्तुतिहरूले महिलाहरू र नानीहरू सामु आइलाग्ने समस्याहरूको समाधानको उद्देश्यले गरिएका सफल पहलहरूमाथि ध्यान केन्द्रित गर्नेछ। शिविरमा मुख्य विषयहरूमा मिशन सक्षम आंगनवाड़ी र पोषण

2.0 सामेल हुनेछन्। यस अन्तर्गत आंगनवाड़ी केन्द्रहरूलाई मजबुत गर्नु ताकि उनीहरूलाई पोषण, शिक्षा, स्वास्थ्य र जागरूकता औं सेवाहरूको केन्द्रको रूपमा विकसित गर्नसकियोस्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande